डा सन्देश दाहाल साँझ ड्युटीको बेला थियो! इमर्जेन्सीमा बिरामी आएको थाहा भयो! गएर हेरियो! इमरजेन्सीको ६ नम्बर बेडमा एकजना अधबैसेजस्तो राइलिम्बुजस्तो अनुहार भएको मान्छे सुतेको थियो! छेवैमा मलिन अनुहारमा अन्यौलतामा अल्झिएका आँखा भएकी एकजना आइमाई थिइन् , पक्कै उनको श्रीमती हुनुपर्छ! त्यो मान्छेको अनुहारमा रगत लत्पतिएको थियो, टाउकोमा पट्टि बानेको थियो, र सम्भवत बेहोसीको हालतमा थियो! कुरा प्रस्ट थियो, लडेर टाउकोमा चोट लागेको थियो होला! अहिलेसम्म म अनुमान मै ब्यस्त भैरहे! बिरामीको छेउमा गएर आफु न्युरोसर्जरीको ड्युटी डाक्टर भएको परिचय दिए! अनि बिरामी को आफन्तसग कुरा सुरु भयो! नाम सोधे- बीरबहादुर गुरुङ, उमेर ३४ वर्ष, अनि घर सिन्धुपाल्चोक! काम ज्यालादारी, अनि घरमा उ, श्रीमती, र दुइ छोरी, एकजना ११ बर्सको, र अर्को ४ बर्सको(परिचय वास्तविक हैन)! के भएको हो भनेर सोधेको, त्यो मान्छे एकजना साहुकोमा ज्यालादारी गर्दोरहेछ, बिशेस गरि भरि बोक्ने! बलियोबांगो भएकोले उसको त्यो काम भएको हुनसक्छ! अनि त्यो घाइते भएको दिन नि उ काम गर्दैथ्यो रे, सामानसहित भर्याँगको तिन खुटकीलोबाट झरेछ, र टाउकोमा चोट लागेको रहे...
Place to share knowledge and experience in neurosurgery and other health arena in Nepal and the whole world. We can share experience and feelings on both casual and technical neurosurgical as well as health politics, research, health economics and some literature as well.