Posts

Showing posts from 2016

ज्यान: एक हजारको

डा सन्देश दाहाल एक डाक्टरको दैनिकी अस्पतालबाट सुरु भएर प्रायजसो अस्पतालमै अन्त हुन्छ। एक आवासीय चिकित्सकको त प्राय अस्पताल बाहेक अन्य दैनिकी नि हुदैन भन्दा नि धेरै फरक पर्दैन । तेसैले मेरा प्राय ब्लगहरु नि अस्पतालका घटना मै आधारित हुन्छन । हिजो दिनभरिको अप्रेसनको व्यस्त दैनिकीपछी ड्युटी भएकाले यसो इमर्जेन्सीमा बिरामी हेर्न गइयो । सधैं जसो केहि न केहि अप्रेसनको केस हुने भए नि हिजो साँझ त्यस्ता बिरामी थिएनन । खाना खाएर यसो पुस्तक पढ्न लाग्या थिएँ , एक घण्टा जतिपछी इमार्जेंसिबाट कल आयो , एक इमर्जेन्सी केस छ भनेर । अनि तुरुन्त म त्यतैतिर लागें । मैले आवासीय चिकित्सक भएर काम गर्ने अस्पताल नेपालको सबैभन्दा ठुलो र जेठो सरकारी अस्पताल हो । यसका प्रत्येक दैनिकीले एक नया पाठ , र अध्याय स्थापित गर्छ । प्रत्येक दिन केहि न केहि अप्राविधिक गैर-ब्यबसायिक समस्या संग जुध्नुपर्ने हुन्छ । यहाँ एक आवासीय चिकित्सकले चिकित्सकको मात्र धर्म निर्वाह गर्न सम्भव हुदैन , यहाँ समय अनुसार कोहीबेला अक्सिजन मेकानिक , कोहि बेला बिरामी सार्ने वार्ड ब्वाई , जस्ता अनगिन्ति धर्म निर्वाह गर्नुपर्छ । समग्र स्वास

सानो हेलचेक्र्याइँ

डा सन्देश दाहाल साँझ ड्युटीको बेला थियो! इमर्जेन्सीमा बिरामी आएको थाहा भयो! गएर हेरियो! इमरजेन्सीको ६ नम्बर बेडमा एकजना अधबैसेजस्तो राइलिम्बुजस्तो अनुहार भएको मान्छे सुतेको थियो! छेवैमा मलिन अनुहारमा अन्यौलतामा अल्झिएका आँखा भएकी एकजना आइमाई थिइन् , पक्कै उनको श्रीमती हुनुपर्छ! त्यो मान्छेको अनुहारमा रगत लत्पतिएको थियो, टाउकोमा पट्टि बानेको थियो, र सम्भवत बेहोसीको हालतमा थियो! कुरा प्रस्ट थियो, लडेर टाउकोमा चोट लागेको थियो होला! अहिलेसम्म म अनुमान मै ब्यस्त भैरहे! बिरामीको छेउमा गएर आफु न्युरोसर्जरीको ड्युटी डाक्टर भएको परिचय दिए! अनि बिरामी को आफन्तसग कुरा सुरु भयो! नाम सोधे- बीरबहादुर गुरुङ, उमेर ३४ वर्ष, अनि घर सिन्धुपाल्चोक! काम ज्यालादारी, अनि घरमा उ, श्रीमती, र दुइ छोरी, एकजना ११ बर्सको, र अर्को ४ बर्सको(परिचय वास्तविक हैन)! के भएको हो भनेर सोधेको, त्यो मान्छे एकजना साहुकोमा ज्यालादारी गर्दोरहेछ, बिशेस गरि भरि बोक्ने! बलियोबांगो भएकोले उसको त्यो काम भएको हुनसक्छ! अनि त्यो घाइते भएको दिन नि उ काम गर्दैथ्यो रे, सामानसहित भर्याँगको तिन खुटकीलोबाट झरेछ, र टाउकोमा चोट लागेको रहे