Posts

Showing posts with the label Doctors issue

The issue of reservation in Medical education in Nepal

Image
  Dr. Sandesh Dahal Let’s begin with a famous statement, “a professional can be a bad lawyer, a bad engineer but a professional cannot and must not be a bad doctor.” The motive with the statement is more than clear. After the establishment of federal democratic republic of Nepal after the long lasted monarchy, the issues of social and racial injustice and reservation in different socio-political arena are a topic of hot debate. It is high time to discuss the effects of reservation in medical education.   What is reservation? It is system based on the principles of social justice. A group of people, who were marginalized on the basis of caste, geography or sex, due to their poor approach in the mainstream politics in the history are given opportunity with affirmative actions in reservation system. The aim is to make all group of people equally capable in all socio-economic aspects. Is reservation a bad idea? No reservation is not a bad idea at all. It helps all those marginali

चिकित्सकलाई कस्न बनाइएको कानुन र यसले पर्ने असरहरु

Image
डा. सन्देश दाहाल अहिले बजारमा खुब चर्चामा छ मुलुकी ऐन प्रतिस्थापन बिधेयक! यसमा लेखिएको छ, “कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।“ सरसर्ती हेर्दा ठिकै छ! लापरबाही वा हेलचेक्र्याईं गर्नेलाई सजाय ठिकै छ! तर यसमा कुरा यति सतही छैन! लापरबाही वा हेलचेक्राई भनेको के हो? कुन अवस्थामा लापरबाही हुन्छ भनेर कसले ब्याख्या गर्ने? अनि लापरबाही, भवितव्य, र जटिलता भनेको एकै हुन् कि फरक, त्यो पनि सबैले बुझ्न जरुरि छ!  चिकित्सकीय अभ्यासमा डाक्टरले बिरामीलाई अनावस्यक कुनै कुरा गरेर वा गर्नुपर्ने आवस्यक कुरा नगरेर बिरामीलाई भौतिक वा मानसिक क्षति भएको छ भने त्यसलाई लापरबाही भनिन्छ! लापरबाहीलाई उपचार पद्दतिमा ज्ञान भएको बिज्ञको समुहले प्रमाणित गरेमा लापरबाहीमा कारबाही गर्न मिल्छ र गर्ने पर्छ पनि! तर यो प्रावधानक

पत्रिकामा डाक्टरको समाचार: भ्रम कि यथार्थ?

Image
डा सन्देश दाहाल काठमाडौँमा बज्ने सबै एफ एम र प्रमुख टिभीमा बज्ने एक बिज्ञापन बजिरहन्छ, सायद सबैले सुनेको हुनुपर्ने हो। पाइल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ, फलानो क्लिनिक, फलानो डाक्टर। यी प्रचार सुन्दा मलाई सधैं नै आश्चर्य लाग्थ्यो, लाग्छ। पित्तनलीमा क्यान्सर भएको दुइ महिला यस्तै विज्ञापनको भर परेर अकालमा ज्यान गुमाउन बाध्य भए एक हप्तामा मैले नै हेरेको वार्डमा। यस बिषयमा मैले एउटा आर्टिकल पनि लेखेको छु। मलाई यकिन नै छ, यस्ता विज्ञापनको भ्रममा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यानसम्म गुमाउने असंख्य नै छन्।  बैकल्पिक उपचार गर्छु भन्न पाइन्छ। डाक्टरको आचारसंहिताले उसलाई सहि उपचार गरेपनि बिज्ञापन गर्न रोकेको छ। यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरुको त आचारसंहिता छैन, त्यसमा कुनै दुइमत छैन। मिडिया हाउस वा पत्रकार जगत त राज्यको चौथो अंग भन्छन। बिज्ञापनको पैसा पाए, त्यसको लागि जे पनि बजाउन, प्रचार गर्न मिल्ने हो र? काठमाडौँमा यसरि प्रचार गरेका धेरै अबैध संस्था गैरकानुनी प्रमाणित भएका छन्। विज्ञापन गर्ने संस्थाको बैधता नै पुस्टि नभई यसरी बिज्ञापन हुँदा जनतामा के असर

मेडिकल शिक्षामा आरक्षणको बहस

Image
डा सन्देश दाहाल एउटा चर्चित भनाइ छ , “ एउटा पेशाकर्मी खराब वकिल हुनसक्छ , खराब इन्जिनियर हुनसक्छ , तर एउटा पेशाकर्मी कहिले खराब डाक्टर हुनसक्तैन र कदापी हुनुहुदैन |” आशय प्रस्ट छ | यो प्रसंग मैले मेडिकल शिक्षामा अहिले चर्किरहेको आरक्षणको बहसमा जोड्न खोजेको हूँ , जुन बहस आज अति आवस्यक भैसकेको छ | देशमा मौलाईरहेको जातीय , क्षेत्रीय , साम्प्रदायिक राजनीतिको असर स्वरूप पिछडिएको , सीमान्तकृत बर्गको नाममा हात सेकेर न्यानो लिन पल्किएको एउटा राजनैतिक तप्काले आम जनताको स्वास्थ्यसंग सरोकार राख्ने चिकित्सा पेसालाई समेत आफ्नु शिकार बनाउने कसरत गरि रहँदा आज देशमा मेडिकल शिक्षामा मात्र नभई आम रुपमा नै आरक्षणको बिषयमा घनिभूत बहस आवश्यक भैसकेको महशुस हुन्छ |  आरक्षण के हो त ? राज्य-समाजको इतिहासमा लामो समय शाशन सत्तामा बाहुल्य रहेको कुनै बिशेष जात , लिंग वा समुदायले गरेको थिचोमिचो , भेदभाव र उत्पीडनका कारण समाजको कुनै सिमान्तकृत समुदाय शाषक समुदायको तुलनामा सामाजिक , शैक्षिक र आर्थिक रुपमा पिछडिएको छ भने , उक्त सिमान्तकृत बर्गलाइ राज्यको अन्य समुदायको बराबरी ल्याउन गरिने सकारात्मक विभेद नै आरक्