Posts

Showing posts with the label literture

त्रिशुलीपारीका सात दिन

Image
Dr Sandesh Dahal  IOM, TUTeaching Hospital जीवनको प्रारुपहरुको दृष्टि र मूल्याङ्कन गर्न अनुभव नै गर्नपर्छ भनेर हामीले सनेका थियौँ, त्यसैले अरुभन्दा पृथक यौटा यात्रा कल्पेका थियौँ। हामीले –म सन्देश, दिनेश, विदुर र रघु, धादिङको त्यो प्रकाशको अनुभव गर्न जसमा अन्धकारको त्यो सुगन्ध आओस जुन हामीले केबल सुनेका मात्र छौँ, भागेको छैनौँ। यात्रा शुरु भयो यहिँ होस्टेलबाट। म, विदुर र दिनेशले सामान प्याक गर्यौँ र फोन गर्न लाग्यौँ। धेरै समय लागेन किनभने हामीसँग उत्सुकताबाहेक लागु नै के थियो र? उत्साहका दुईचार ज्वार, प्राथमिक उपचारका केही सामाग्री र विद्यालय स्वास्थ्य कार्यक्रमका निम्ति केही प्रचार सामाग्रीहरु थिए हामी चारसँग। यो भ्रमणसँग हाम्रा आ–आफ्ना महत्वकाँक्षा थिए। स्वभावतः दिनेश धेरै गम्भीर थियो, किनभने यो उसका जिल्ला थियो, यसको यसको विकटतालाई चुनौतीको रुपमा स्वीकारगर्दै यसको पीडामा जडीबुटी घस्नु थियो उसलाई। हामीलाई पहाड घुम्नु थियो, अनुभव लिनु थियो र प्राथमिक उपचार सिकाएर आफूलाई अलि कन्फिडेन्ट बनाउनु थियो। आ–आफ्नो समान लिएर हामी निस्कियौँं, रघसँग बालाजुमै भेटगर्नु थियो। होस्टेलमा अर्कै यात्राक