Posts

Showing posts from March, 2020

Welcome

Image
Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple

झारफुके र नक्कली उपचारकर्मीले कसरी लाँदैछन् मानिसलाइ मृत्युको मुखमा

Image
डा सन्देश दाहाल सानैदेखि भगवान र भूतको कथामा रमाउने समाजको हिस्सा भएर होला , चमत्कारमा हाम्रो अलि ज्यादा विश्वास छ , वास्तविकता भन्दा। तेसैले आजक दिनमा पनि कयौं मानिसहरु छन् जो डाक्टरको सट्टा धतुरोको फुल मुखमा च्यापेर त्यसलाई पानीमा फुकेर दाँतको किरा झारेको भन्ने , पानीमा लुकाएर बेसार मिसाएर जन्डिस झारेको भन्ने बाबा बैद्य , आदिजस्ता ठगहरुको बिश्वास गर्ने गर्छन। हुन त आयुर्बेद वा झारफुकको नाममा मात्र ठगि हुदैन , औषधि पसलेका नाममा पनि ठगिन्छन मान्छे। छालाभित्र बोसो ( lipoma) भएको बिरामीलाई ३ महिना एन्टीबायोटिक दिएको नि धेरै देख्या छ। तर पनि मान्छेहरु जान्छन त्यस्ता ठगहरुकोमा। त्यसमा विभिन्न कुराको दोस छ , कमजोर जनचेतना , ठग मनोवृति , सरकारी उदासीनता आदि त छदै छन्। बिरामीको यस्तो आचरणमा हामी अस्पताल वा चिकित्सामा प्रत्यक्ष परोक्ष सरोकार राख्ने सबै दोसी छौं। बिरामीसंग झर्किने क्रम टिकट काउन्टरबाट सुरु भएर , सम्पूर्ण उपचार पद्दति देखि डिस्चार्ज काउन्टरसम्म चलिरहन्छ। टेस्टको महंगी , रिपोर्ट ढिलो आदिजस्ता कारणले मानिसहरु अति नै नभई अस्पताल जान चाहदैनन्। खैर यी सबै सुधार हुदै जालान।    

चिकित्सकलाई कस्न बनाइएको कानुन र यसले पर्ने असरहरु

Image
डा. सन्देश दाहाल अहिले बजारमा खुब चर्चामा छ मुलुकी ऐन प्रतिस्थापन बिधेयक! यसमा लेखिएको छ, “कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।“ सरसर्ती हेर्दा ठिकै छ! लापरबाही वा हेलचेक्र्याईं गर्नेलाई सजाय ठिकै छ! तर यसमा कुरा यति सतही छैन! लापरबाही वा हेलचेक्राई भनेको के हो? कुन अवस्थामा लापरबाही हुन्छ भनेर कसले ब्याख्या गर्ने? अनि लापरबाही, भवितव्य, र जटिलता भनेको एकै हुन् कि फरक, त्यो पनि सबैले बुझ्न जरुरि छ!  चिकित्सकीय अभ्यासमा डाक्टरले बिरामीलाई अनावस्यक कुनै कुरा गरेर वा गर्नुपर्ने आवस्यक कुरा नगरेर बिरामीलाई भौतिक वा मानसिक क्षति भएको छ भने त्यसलाई लापरबाही भनिन्छ! लापरबाहीलाई उपचार पद्दतिमा ज्ञान भएको बिज्ञको समुहले प्रमाणित गरेमा लापरबाहीमा कारबाही गर्न मिल्छ र गर्ने पर्छ पनि! तर यो प्रावधानक

पत्रिकामा डाक्टरको समाचार: भ्रम कि यथार्थ?

Image
डा सन्देश दाहाल काठमाडौँमा बज्ने सबै एफ एम र प्रमुख टिभीमा बज्ने एक बिज्ञापन बजिरहन्छ, सायद सबैले सुनेको हुनुपर्ने हो। पाइल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ, फलानो क्लिनिक, फलानो डाक्टर। यी प्रचार सुन्दा मलाई सधैं नै आश्चर्य लाग्थ्यो, लाग्छ। पित्तनलीमा क्यान्सर भएको दुइ महिला यस्तै विज्ञापनको भर परेर अकालमा ज्यान गुमाउन बाध्य भए एक हप्तामा मैले नै हेरेको वार्डमा। यस बिषयमा मैले एउटा आर्टिकल पनि लेखेको छु। मलाई यकिन नै छ, यस्ता विज्ञापनको भ्रममा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यानसम्म गुमाउने असंख्य नै छन्।  बैकल्पिक उपचार गर्छु भन्न पाइन्छ। डाक्टरको आचारसंहिताले उसलाई सहि उपचार गरेपनि बिज्ञापन गर्न रोकेको छ। यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरुको त आचारसंहिता छैन, त्यसमा कुनै दुइमत छैन। मिडिया हाउस वा पत्रकार जगत त राज्यको चौथो अंग भन्छन। बिज्ञापनको पैसा पाए, त्यसको लागि जे पनि बजाउन, प्रचार गर्न मिल्ने हो र? काठमाडौँमा यसरि प्रचार गरेका धेरै अबैध संस्था गैरकानुनी प्रमाणित भएका छन्। विज्ञापन गर्ने संस्थाको बैधता नै पुस्टि नभई यसरी बिज्ञापन हुँदा जनतामा के असर

कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?

Image
डा सन्देश दाहाल  कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाइ “सामान्य रुघाखोकि” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियंत्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकि चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रोलागी तयारीको ठुलो अवसर हुंनसक्थ्यो। तर समयमा सोच्न नसक्ने वा परिस्थितिको गम्भिर्यता बुझ्न नसक्ने देशमा अब ठुलै दुर्घट्ना नहोला भन्न सकिने अवस्था रहेन। कोरोना रोगको बारेमा सामान्य जानकारी!  यो एक प्रकारको आरएनए भाइरसले हुन्छ।  खोक्दा र हाच्छयु गर्दा एक मानिसबाट अरुलाइ सर्छ।  शरिरबाट निस्केको भाइरस तिन दिनसम्म घरको बिभिन्न भागमा हुनसक्छ! जस्तै कपडा, ढोकाको चुकुल वा सांचो आदि।  कोही मानिस संक्रमित भएको 14 दिनसम्म लक्षण नदेखिन सक्छ, यो अवस्थामा संक्रमितले थाहा नपाइ आफ्नो वरिपरि घर र छर-छिमेकमा अरुलाइ रोग सारिरहेको हुन्छ।  यसका लक्षणहरु भनेको सुक्खा खोकि लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने आदि।  अझ सिकिस्त हुंदै गएम

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय

मेडिकल शिक्षामा आरक्षणको बहस

Image
डा सन्देश दाहाल एउटा चर्चित भनाइ छ , “ एउटा पेशाकर्मी खराब वकिल हुनसक्छ , खराब इन्जिनियर हुनसक्छ , तर एउटा पेशाकर्मी कहिले खराब डाक्टर हुनसक्तैन र कदापी हुनुहुदैन |” आशय प्रस्ट छ | यो प्रसंग मैले मेडिकल शिक्षामा अहिले चर्किरहेको आरक्षणको बहसमा जोड्न खोजेको हूँ , जुन बहस आज अति आवस्यक भैसकेको छ | देशमा मौलाईरहेको जातीय , क्षेत्रीय , साम्प्रदायिक राजनीतिको असर स्वरूप पिछडिएको , सीमान्तकृत बर्गको नाममा हात सेकेर न्यानो लिन पल्किएको एउटा राजनैतिक तप्काले आम जनताको स्वास्थ्यसंग सरोकार राख्ने चिकित्सा पेसालाई समेत आफ्नु शिकार बनाउने कसरत गरि रहँदा आज देशमा मेडिकल शिक्षामा मात्र नभई आम रुपमा नै आरक्षणको बिषयमा घनिभूत बहस आवश्यक भैसकेको महशुस हुन्छ |  आरक्षण के हो त ? राज्य-समाजको इतिहासमा लामो समय शाशन सत्तामा बाहुल्य रहेको कुनै बिशेष जात , लिंग वा समुदायले गरेको थिचोमिचो , भेदभाव र उत्पीडनका कारण समाजको कुनै सिमान्तकृत समुदाय शाषक समुदायको तुलनामा सामाजिक , शैक्षिक र आर्थिक रुपमा पिछडिएको छ भने , उक्त सिमान्तकृत बर्गलाइ राज्यको अन्य समुदायको बराबरी ल्याउन गरिने सकारात्मक विभेद नै आरक्

स्वस्थ जीवनको निम्ति कस्तो खाना खाने?

डा सन्देश दाहाल जीवन बाँच्न र शरीरले बिभिन्न कामहरु गर्नको निम्ति शक्तिको आवस्यकता हुन्छ/ हाम्रो शरीरमा शक्ति प्राप्त गर्न दुइ मुख्य दुइ कुराको आवस्यकता पर्छ, एक खाना र अर्को अक्सिजन/ शरीरको कोषभित्र खाना र अक्सिजनको रियाक्सन भएर नै हाम्रो शरीरमा शक्ति प्राप्त हुन्छ/ खाना आजको जमानामा शरीरको जरुरतमा मात्र सिमित छैन, खाना शोख पनि भएको छ/ आजकल हामीलाई खाएर मात्र पुग्दैन, स्वादिलो र बिभिन्न परिकार खानुपर्ने भएको छ/ आजको इन्टरनेटको जमानामा तरिका सिकेर संसारमा जुन देशको खाना जहाँ पनि बनाउन र खाना सकिन्छ/ यो राम्रो कुरा हो, यसले आनन्द दिन्छ/ तर हाम्रो शरीरलाई उपयुक्त हुने खाना खान जानिएन भने यसले बिभिन्न शारीरिक तथा मानसिक समस्या निम्त्याउन सक्छ/ आजको संसारमा सर्ने भन्दा नसर्ने रोगहरु जस्तै मुटुरोग, रक्तचाप, मधुमेह जस्ता प्राण घातक रोगहरु खानपिन संग सम्बन्धित छन्/ पोलेको मासु, र सागसब्जीमा प्रयोग गरेको बिषादीले क्यान्सर गराउने गरेको तथ्यहरु छन्/ यस्तो अवस्थामा खानपिनमा बिशेष ध्यान दिनु भनेको आफ्नै जीवन सुखी र लामो बनाउनु हो/  हामीले खाने खानामा के के हुन्छ ?  हामीले खाने