डा सन्देश दाहाल १. केटाहरुको कथा थापाथलीको एउटा अस्पतालको गेटको छेउमा फोनमा एउटा झ्याम्ले केटा कुरा गरिरहेछ। “केहि छैन दाई , आजकल। सुख्खा सुख्खा चलिरहेछ। खै कसैलाई केहि भएकै छैन। अस्ति एउटा अलि सिरियस भएको थियो , तन्नेरी केटा थियो , तर पछि वीरमा रिफर भयो। त्यहाँ त ठिक भएछ। बाबु सोझा थिए , काकालाई उचाल्न सकिन्थ्यो। तर अब के कुरा गर्नु र ?” उताबाट अर्को बोल्यो , ठिकै छ , “ अरु नि शिकार हेर्दै गर मुला। छुट्ला नि फेरी।” ‘हवस् दाई’ , उ बोलेर फोन राख्यो। यो फोनमा बोल्ने मान्छेको नाम सागर हो। खास घर सिन्धुपाल्चोक हो , भुइचालोमा घर भत्कियो। परिवारका सबै मारिए , ऊ मात्र घर बाहिर भएकोले बाँच्यो। त्यसपछि काठमान्डू काम खोज्दै आयो। सुरुमा वीर अस्पताल छेउको चिया पसलमा काम गर्थ्यो। त्यसपछि वीर अस्पतालकै आसपासमा देखिने राजसंग चिनजान भयो जो सधैं त्यहि चिया पसलमा चिया खान आउथ्यो। सधैं अस्पतालकै आसपास देखेर र अस्पतालकै कुरा गरेको सुनेर एकदिन राजलाई सागरले सोध्यो- ‘दाइलाई सधैं यहि देख्छु , कोहि बिरामी छ दाइको ?” राजले भन्यो , अस्ति अर्कै अस्पतालबाट सिरियस भएको बिरामी यहाँ ल्याएको थियो , त्यहि हेर...
Comments
Post a Comment