Skip to main content

सानो हेलचेक्र्याइँ

डा सन्देश दाहाल

साँझ ड्युटीको बेला थियो! इमर्जेन्सीमा बिरामी आएको थाहा भयो! गएर हेरियो! इमरजेन्सीको ६ नम्बर बेडमा एकजना अधबैसेजस्तो राइलिम्बुजस्तो अनुहार भएको मान्छे सुतेको थियो! छेवैमा मलिन अनुहारमा अन्यौलतामा अल्झिएका आँखा भएकी एकजना आइमाई थिइन् , पक्कै उनको श्रीमती हुनुपर्छ! त्यो मान्छेको अनुहारमा रगत लत्पतिएको थियो, टाउकोमा पट्टि बानेको थियो, र सम्भवत बेहोसीको हालतमा थियो! कुरा प्रस्ट थियो, लडेर टाउकोमा चोट लागेको थियो होला! अहिलेसम्म म अनुमान मै ब्यस्त भैरहे!


बिरामीको छेउमा गएर आफु न्युरोसर्जरीको ड्युटी डाक्टर भएको परिचय दिए! अनि बिरामी को आफन्तसग कुरा सुरु भयो! नाम सोधे- बीरबहादुर गुरुङ, उमेर ३४ वर्ष, अनि घर सिन्धुपाल्चोक! काम ज्यालादारी, अनि घरमा उ, श्रीमती, र दुइ छोरी, एकजना ११ बर्सको, र अर्को ४ बर्सको(परिचय वास्तविक हैन)! के भएको हो भनेर सोधेको, त्यो मान्छे एकजना साहुकोमा ज्यालादारी गर्दोरहेछ, बिशेस गरि भरि बोक्ने! बलियोबांगो भएकोले उसको त्यो काम भएको हुनसक्छ! अनि त्यो घाइते भएको दिन नि उ काम गर्दैथ्यो रे, सामानसहित भर्याँगको तिन खुटकीलोबाट झरेछ, र टाउकोमा चोट लागेको रहेछ! घटना भएको बिहान ८ बजे, यहाँ काठमान्डू आइपुग्दा साँझको ८ बजेको थियो! लडेर बेहोस भएपछी होसमा नै आएको छैन भन्ने थाहा पाइयो!


उसको बारेमा सबै कुरा सोध्ने क्रममा रक्सि सधैं खाने भएको थाहा भयो, तर संयोगले त्यो दिन खाएको थिएन रे! उसको पुराना रोगहरुको बारेमा बुझ्दा उसलाई बिगत ८ बर्सदेखी छारेरोग रहेछ, र उसले त्यो रोगको औषधि खाएको रहेनछ! छारेरोग हुनु कुनै नौलो कुरा हैन, र त्यो रोगको निदान र उपचार नेपालमा सम्भव नभएको नि हैन! किन नखाएको भनेर सोध्दा लामो समय खानुपर्ने भएको कारणले नखाएको रे, झन्झट हुने भएर! त्यो दिन नि सामानबोकेको समयमा उसलाइ छारे आएर लडेको रहेछ! अरु कुनै रोग वा अम्मल भएको पत्तालागेन!


त्यसपछि बिरामीको जांच सुरे गरें, बिरामी अर्धबेहोस थियो, दुखाइ सामान्य थाहा पाउने, र सामान्य नबुझिने आवाज निकाल्न सक्ने, तर दाहिने हात र गोडा चलेको थिएन! बाहिर देखिने चोट खासै थिएन, ढाडको हड्डी, छाती, र पेट नि सामान्य नै थियो! अब जटिलता टाउको मा नै थियो भन्न गार्हो परेन! त्यसपछि सी टि स्क्यानको रिपोर्ट हेर्न बाकि थियो! सीटिको रिपोर्ट त आयो, तर राम्रो संदेश लिएर आएन! टाउकोको देब्रे भागमा धेरै रगत जमेको थियो, अन्दाजी २०० मि लि को हाराहारीमा ! अब यसको लागि त तुरुन्तै अपरेसन गर्नुपर्छ! त्यसको निम्ति बिरामिकी श्रीमतीलाई सम्झाइयो!


मजदुर मान्छे, र घरमा कमाउने अरु कोहि नभएको, अब आर्थिक समस्या सबैलाई थाहा नै हुन्छ! त्यहाँ नि त्यस्तै भयो! पैसा पटक्कै नभएको अवस्था उनले हामीलाई बताईन! अब अपरेसन गर्न जति ढिलो भो, परिणाम उति नै नराम्रो! त्यसपछि विकल्पको बारेमा छलफल भयो! बिरामीको ठेकेदारले केहि पर्यो भने फोन गर्नु भनेर एउटा नम्बर दिएको रहेछ! त्यो नम्बरमा फोन गरेको, ब्यस्त भैरह्यो! पछी थाहा भो, सम्भवत कल ब्लक गर्या रहेछ होला! अनि प्रहरीलाई बोलाएरफोन गर्न लगाएको, फोन लाग्यो! पुलिसलाई बिरामीको अवस्था भन्न लगाएपछी ठेकेदार आउने भए, तर धुलिखेलबाट बाइकमा! त्यसबीच मा हामीले बिरामी आइ सी यु सारेर अपरेसको तयारी सुरु गर्यौ! यस्ता बिरामीको निशुल्क अपरेसन जेनतेन अस्पतालमा रहेको सामानले गरे पनि रगत आदि चाहिने बिरामीलाई गार्हो हुन्छ! रगत ब्लडबैंकमा छ भन्ने थाहा पाउनेबित्तिकै लिन पठाएर हामीले अपरेसन सुरु गर्यौ!


रगत धेरै जमेको थियो, हल्का रगत बग्ने चलिरहेको थियो! अपरेसन सकियो, अपरेसनपूर्व र अपरेसनको बेलामा नि उसको अवस्था हेर्दा आस लाग्ने ठाउँ कमै थियो! बिरामीलाई कृतिम स्वासप्रस्वास मेसिनबाटनिकाल्न सकिएन! बिरामी आइ सी यु मा गयो, आफन्त के होला भन्ने चिन्ता मा! कम उमेरको मान्छे, एकमात्र कमाउने, राम्रो होस् भनेर प्रार्थना र सकेको प्रयास गर्दै उपचार गरिरह्यौं! ३ दिनसम्म सुधारको कुनै लक्षण आएन! चौथो दिनबाट हल्का सुधार त आयो, तर पर्याप्त भएन! सात दिनमा नि यो प्रक्रिया चलिरह्यो! यसैबीचमा उनकी आमा आइन भेट्न, उनि त्यो उमेरको छोराको खुट्टा समातेर “चिसो छ खुट्टा, मेरो बाबु बाँच्दैन होला” भन्दै यसरि भक्कानिएर रोइन कि त्यो क्रन्दन अझै मेरो कानमा गुन्जिरहन्छ! सातदिन ज्यादा कृत्रिम स्वासप्रस्वासमा राख्न घाटीमा प्वाल पारेर मात्र सम्भव छ, त्यसैले आठौ दिनमा अपरेसन गरेर घाटीमा प्वाल नि पारियो!


स्थिति बिस्तारि सामान्य बन्दै आयो, कृत्रिम स्वास्प्रक्रियाबाट बिरामी निस्कियो, तर देब्रे ब्रेन (dominant hemisphere) मा भएको कारणले बोल्न, बुझ्न नसक्ने, र दाया जिउ चलाउन नसक्ने भयो! अब थप उपचार गर्न सम्भव भएन वा गरेर फाइदा हुदैन, तेसैले बिरामी डिस्चार्ज गरियो! बिदेसमा यस्तो बिरामीलाई राख्न सरकारी वा गैर सरकारी तवरमा विभिन्न पुनर्स्थापना केन्द्रहरु हुन्छन, तर हाम्रो देसमा खोइ त ? बिरामी घर गयो, तर मनमा मिस्रित प्रस्नहरु आइरहे! उसको घरको अवस्था के भो होला? कमाउने मान्छे घरमा सिकिस्त, त्यसमाथि उसको स्वास्थ्य हेर्न मात्र एकजना ढुक्कै खट्नुपर्ने, ४ र ११ वर्षका छोरीहरु मात्र! मर्यो भने नौ दिनमा नौलो, बीसदिनमा बिर्स्यो हुन्छ! अब जीवन मरण दोसाधकोजीवन भो नियति पुरै परिवारको! छारेको औषधि नखाएर लडेर हातगोडा नचल्ने भएर एक बिरामी १० भन्दा धेरै भए २ महिनामा एक अस्पतालमा मात्र ! अब पुरै देशमा रुखबाट लड्ने, रक्सि खाएर लड्ने, सडक दुर्घटना वा छारेको औषधि नखाएर लड्ने कति होलान? त्यसले अस्पताल, परिवार र समग्र समाजलाई नै कति बोझ परेको होला?


प्रेसर सुगर वा छारेको औषधि सधै खानुपर्छ भनेर डाक्टर छल्छन मानिसहरु, र यस्तो बिकराल स्थितिमा आइपुग्छन! ध्यान दिएमा यी रोगहरु त रोकथाम गर्न सकिने हैनन् र? यस्ता रोगको जीवनभरको औषधि ज्यादामा केहि हजार होला, दिनको दुइ खिल्ली चुरोट वा एक गिलासको रक्सीको पैसा जोगाएर नि आउन सक्छ, त्यस्तो औषधि नखाएर भएको असर असाध्यै ठुलो हुन्छ, जीवन नै जिउदो लासजस्तो बन्छ ! सधै यस्ता साना वा झन्झट लाग्ने कुरा भनेर हेल्चेक्र्याई गर्नु उचित हैन भनेर बारम्बार सम्झाए नि राम्रो सग सम्झिने बिरामी अझै धेरै भेटेको छैन मैले! मैले वा मजस्ता धेरै डाक्टरले सम्झाउन नसक्या हो कि नपरी विश्वास नभएको हो, थाहा लाग्न नै गार्हो भयो!




Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...