डा सन्देश दाहाल नेपालमा कोरोनाले मृत्यु भएको मानिसको अंग बेचबिखन हुन्छ भनेर मानिसमा भ्रम पैदा गरेको एउटा मानिस पक्राउ भएपछि उसको बारेमा अनुसन्धान हुँदा थाहा भयो, उसले केही पढेको जानेको छैन तर आफुलाइ डाक्टर भनेर ‘अन्तिम बिकल्प’ नामको क्लिनिक खोलेर धेरैलाइ क्यान्सर र एचआइभी निको पार्ने भनेर ठगी गरिरहेको रहेछ नेपालको राजधानीमै र उसकोमा मानिसहरु टोकन लिएर बसिरहेका रहेछन ठगिनको लागि। मलाइ याद छ, यो मानिसले एउटा युट्युब अन्तरवार्तामा आफुलाइ ‘भगवानले सपनामा क्यान्सर र एचआइभी निको मार्न सिकाएको’ भनेर दावी गरेको थियो। आजको इन्टरनेट युगमा पत्रकार, र पढेलेखेका शिक्षकहरु पनि तथ्य नखोजी र नबुझी उसको कुरा सामाजिक संजालमा शेयर गरेका छन। उसको काम न त सरकारले अनुगमन गरेको छ न त मानिसहरुले उसको बारेमा तथ्य बुझ्ने कोसिस नै गरेका छन्। मानिसहरुको यो हदसम्मको दयनीय चेतनालाइ केही हदसम्म चिर्न यो लेख पुन शेयर गरेको छु। यो लेख पुरानो नै हो, मैले ३-४ बर्ष अगाडी लेखेको। यसको सान्दर्भिकता आज झन ज्यादा भएको जस्त...
Place to share knowledge and experience in neurosurgery and other health arena in Nepal and the whole world. We can share experience and feelings on both casual and technical neurosurgical as well as health politics, research, health economics and some literature as well.