Skip to main content

Posts

Showing posts from 2021

त्यो अन्तिम शुभकामना

डा सन्देश दाहाल दशैंको सप्तमीको दिन, बिहान बिहान हतार छ। नुहाइधुवाइ, चिया अनि अस्पतालको ड्युटी। अरुले फुलपातीको तयारी गर्दै होलान। आज सप्तमी मेरो ड्युटी, भोली र पर्सी ओमको नवमी र दशमी। जे होस दुइ दिन मोज हुनेभयो। त्यसैमा मनमा हर्षको उल्लास छ। नत्र टीकाको दिन टीका लगाउन पनि राम्रो पाइन्न, इमरजेन्सीको फोन बजेको बज्यै। सोचको बीचमा नै टिनिन्न फोनमा कल आउँछ, यसो हेर्छु नचिनेको नम्बर छ। “नमस्ते, म डक्टर सन्देश। के थियो होला? नचिनेको नम्बर परेछ।“ मैले भनें। “डाक्टरसाब, म रबिजंग थापा। चिन्नुभयो? मेरो पुरानो नम्बर हरायो। बीर अस्पतालको हजुरको बिरामी क्या त।“ उताबाट आवाज आयो। जीवनमा उपचार गरेका कति बिरामी याद हुन्छ, कति हुँदैन। कोही बिरामी भने स्मृतिमा अमिट भएर बसेका हुन्छन। “ओहो रबिजंग जी पो” मैले आश्चर्य मान्दै भनें, “अनि अहिले कस्तो छ? फेरी जन्डिस त भएको छैन नि? काम कस्तो चल्दैछ?” “एकदम ठीक छ डाक्साब, केही समस्या छैन। हजुरलाइ दशैँको शुभकामना टक्राउन फोन गरेको। तपाइँले जे जति गर्नुभयो, म त शुभकामना मात्र त दिन सक्छु। बाँचुन्जेल शुभकामना टक्राउन पाऊँ।“ उनको गला अवरुद्द भयो। “के हुन्छ र त...