Friday, April 10, 2020

कोरोना टेस्ट कसरी गरिन्छ ?

यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ।

केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने)

१. शंकास्पद संक्रमित (suspect case)- स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको।

वा,

स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको,

वा,

स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको



२. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको कुनै कारणले परिक्षण गर्न सम्भव छैन।

३. प्रमाणित संक्रमित (confirmed case)- लक्षण भए पनि नभए पनि परिक्षणको नतिजामा पोजिटिभ आएको मानिस।

४. सम्पर्कमा भएको मानिस(Contact)- संक्रमित वा शंकास्पद रोगीमा लक्षण हुनु २ दिन अगाडी देखि लक्षण देखिएको १४ दिनसम्म नजिकमा आएको जो कोही मानिस जो संक्रमितको १ मिटरभित्र वा १५ मिनटभन्दा ज्यादा समय बिताएको वा उसको प्रत्यक्ष हेरचाह गरेको वा शारिरिक रुपमा निकटमा रहेको।




देशमा हुने संक्रमणका चार चरणहरु-

१. पहिलो चरण- समुदायमा संक्रमित वा रोगी नभएको अवस्था (No cases)

२. दोस्रो चरण- बाहिरबाट आएका वा समुदायमा नै देखिएका छिटपुट संक्रमितहरु (Sporadic cases)

३. तेस्रो चरण- सानो सानो समुदायस्तरको संक्रमणको अवस्था (Cluster of cases)

४. चौथो चरण- महामारीको चरण (Community Transmission)





परिक्षण के गर्ने?

आजको मितिसम्म संभावित परिक्षण बिधिहरु ४ वटा भनिएका छन,

१. मोलेक्युलर परिक्षण वा न्युक्लिक एसिड एम्प्लिफिकेसन (जसमा आर टी पिसिआर एक हो) परिक्षण (Molecular testing/ Nucleic acid amplification test/ RT-PCR test) - विश्व स्वास्थ्य संगठनले आजको मितिसम्म निदान (diagnosis) को लागि प्रस्ताव गरेको एकमात्र परिक्षण बिधि। यसमा ४ वटा जिनको (viral genes) अध्ययन गरिन्छ, N, E, S र RdRP.



२. सेरोलोजी परिक्षण (serological tests)- सेरोलोजीमा रगत (blood) वा सेरम (serum) को जाँच गरिन्छ। यसमा भाइरसको आरएनए वा बिरामीको शरीरमा उत्पन्न भएको रोग प्रतिरोधी प्रोटिन हेरिन्छ। आजको अवस्थामा विश्व स्वास्थ्य संगठनले यसलाइ निदानको लागि परिक्षणको तहमा सिफारिस गरिसकेको छैन। यसमा बिरामीको दुइ पटक रगत परिक्षण गर्नुपर्छ। लक्षण भएको मानिसमा मोलेक्युलर परिक्षण नेगेटिभ आएमा तर उसमा रोग हुनसक्ने सम्भावना ज्यादा भएमा निदानमा यसले मद्दत गर्न सहयोगी हुनसक्छ भनेर भनिएको छ। यो परिक्षणको लागि शंकास्पद बिरामीको रगत दुइ पटक लिएर हेर्नुपर्छ, प्रथम पटक लक्षण भएको एक हप्ताभित्र र दोस्रो पटक संक्रमणको लक्षण सकिएको २ देखि ४ हप्तापछी। यो जाँचको निम्ति सुरुमा लिएको रगत ल्याबमा सुरक्षित राख्नुपर्छ।

३. भाइरस सिक्वेन्सिंग (viral genome sequencing)- यो चाहीँ रोग निदान भन्दापनि भाइरसमा आनुबांसिकी परिबर्तन (mutation in viral genome) भयो कि भनेर गर्ने हो, किनभने आनुबांसिकी परिबर्तनले परिक्षण र उपचारमा फरक पार्ने हुन्छ।



४. भाइरस उमारेर हेर्ने (viral culture)- अनुसन्धान बाहेक निदानको तहमा यो चाहिँ सिफारिस गरिएको छैन।



परिक्षणमा पुरा गर्नुपर्ने शर्तहरु

१. संक्रमित संख्या सुन्य भएको भुगोल वा अवस्थामा शंकास्पद बिरामी भेटिएमा (zero reported cases),
  • माथि उल्लेखित चार जीनमध्ये दुइटा पोजिटिभ हुनुपर्ने (जसमध्ये एक COVID-19 कै हुनुपर्ने, one genome specific to COVID-19) वा
  • बिटा-कोरोना (beta corona virus) भाइरस पोजिटीभ हुनुपर्ने र COVID-19 जेनेटिक सिक्वेन्सिंग (genetic sequencing) बाट प्रमाणित हुनुपर्ने।
  •  परिणाम निस्चित नभए पुन परिक्षण गर्नुपर्ने।

२. संक्रमित भइसकेको अवस्थामा (In places with reported COVID-19 cases), मोलेक्युलर परिक्षणमा (NAAT/RT-PCR) माथी उल्लेखित कुनै एउटामात्र कुरा पोजिटिभ भएमा पनि रिपोर्ट पोजिटिभ मानिन्छ।

एक परिक्षण मात्र नेगेटिभ आएमा कोरोना नरहेको हुन्छ भन्ने छैन। आवस्यकता हेरेर अर्को एक वा बढीपटक परिक्षण गर्नुपर्ने हुनसक्छ।



बिरामी संक्रमित भएर पनि परिक्षण नेगेटिभ आउनसक्ने कारणहरु (causes of false negative)
१. परिक्षणको नमुना राम्रो नलिएर (poor quality of sample, look to see if there is enough human DNA in the sample by including a target in human DNA in the sample)

२. संक्रमणको सुरुमै वा रोगको अन्तिम अवस्थामा परिक्षण गर्दा (sample collected too early or late in the phase of illness)

३. परिक्षण नमुना राम्रोसँग ल्याब सम्म लैजाने ब्यवस्था नभएर (the sample was not handled and shipped properly)

४. भाइरसको आनुबंशिकी परिवर्तन भएर (virus mutation or PCR inhibition)



संक्रमित हो भन्ने आशंका धेरै छ, तर रिपोर्ट नेगेटिभ आएमा, सुरुको स्याम्पल घाँटीबाट लिएको भए (nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate), अर्को स्याम्पल खकार बा स्वासनली (sputum or endotracheal aspirate) लिने। अथवा सुरुको स्याम्पल खकार वा स्वासनली बाट लिएको भए अर्को स्याम्पल घाँटीबाट (nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate) लिने।

बिरामीको परिक्षण सुरु गर्नु अगाडी मेसिनको चुस्त अवस्थाबारे जानकारी लिन ल्याब स्याम्पलबाट क्वालिटी कन्ट्रोल परिक्षण गर्ने। (It is recommended to laboratories that order their own primers and probes to perform entry testing/validation on functionality and potential contaminants.)



रिपोर्टींग गर्ने- 
सम्बन्धित देशको रिपोर्टींग निर्देसिका अनुसार रिपोर्ट जे आए पनि सम्बन्धित निकायलाइ खबर गर्ने।



परीक्षण गर्ने नमुनाहरु के के हुन त?

१. शंकास्पद बिरामीलाइ-
  •  घाँटीबाट स्वाब नमुना निकाल्ने (मिलेसम्म नाकको बाटोबाट, नमिले मुखबाट nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate)
  • खकार, वा स्वासनलीबाट निकालेको नमुना (sputum or endotracheal aspirate)
  •  अरु सम्भावित नमुनाहरु- दिसा, रगत, र बायोप्सी वा पोस्टमार्टम तन्तु (stool, urine, biopsy and autopsy tissue specimen)
  •  सेरोलोजीको लागि- रगतको (serum two samples, ACUTE AND CONVALESCENT SAMPLE IS MUST) दुइ नमुना, लक्षण भएको ब्यक्तिमा एक हप्ताभित्र र अर्को नमुना रोगको लक्षण निको भएको २ देखि ४ हप्तामा। 
COVID-19: Doctor explains how the nasal swab procedure works | KOB 4


२. संक्रमितको सम्पर्कमा भएको ब्यक्तिमा लक्षण भएमा, कोरोना उपचार गर्ने स्वास्थ्यकर्मी जो धेरै बिरामीसँग नजिकैबाट सम्पर्कमा छन,
  • घाँटीबाट स्वाबको नमुना (nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate)
  •  सेरोलोजीको लागि-  रगतको दुइ नमुना, एक नमुना तुरुन्तै  लिने र अर्को नमुना २ देखि ४ हप्तापछि। (serum two samples, ACUTE AND CONVALESCENT SAMPLE IS MUST)



स्वाब नमुना के ले लिने ?

Dacron वा polyster flocked swabstick  ले लिने। कटन स्वाबस्टिकले लिएको नमुना भरपर्दो हुँदैन।

BioGen

नमुना के मा लाने ? (transport medium)
नमुना नैजान भाइरल मिडिया (VIRAL TRANSPORT MEDIUM- VTM) हुन्छ, जसमा एन्टीबायोटिक (antibiotics) र एन्टीफंगल (antifungal) औषधी हालिएको हुन्छ। सो उपलब्ध नभएमा सलाइन (sterile container containing sterile normal saline) हालेको बिर्को भएको सफा भाँडामा लैजान सकिन्छ।


तापक्रम कति राख्ने ?

स्वाब, खकार, र स्वासनलीबाट निकालेको नमुना २ दिनसम्ममा जाँच हुने भए २ देखि ८ डिग्री सेल्सियसमा पठाउने र परिक्षण नहुन्जेल ल्याबमा सोही तापक्रममा राख्ने। २ दिन भन्दा ज्यादा समय लाग्ने भए माइनस २० देखि माइनस ७० डिग्री सेल्सियसमा (preferably -70 degree celsius) मा सुख्खा बरफ(dry ice) मा राखेर पठाउने वा परिक्षण नहुन्जेल राख्ने। बिचमा पगाल्ने जमाउने वा परिक्षण अगाडी नमुनालाइ तताउने गर्नु हुँदैन।

तन्तु (Biopsy or autopsy tissue sample) लिएको भए नमुना २४ घन्टामा जाँच हुने भए २ देखि ८ डिग्री सेल्सियसमा पठाउने र परिक्षण नहुन्जेल ल्याबमा सोही तापक्रममा राख्ने। २४ घन्टा भन्दा ज्यादा समय लाग्ने भए माइनस २० देखि माइनस ७० डिग्री सेल्सियसमा पठाउने वा परिक्षण नहुन्जेल राख्ने।

रगत (blood) , सिरम (serum), वा दिसा-पिसाबको नमुना लिएको भए नमुना ५ दिनसम्ममा जाँच हुने भए २ देखि ८ डिग्री सेल्सियसमा पठाउने र परिक्षण नहुन्जेल ल्याबमा सोही तापक्रममा राख्ने। ५ दिन भन्दा ज्यादा समय लाग्ने भए माइनस २० देखि मिनस ७० डिग्री सेल्सियसमा पठाउने वा परिक्षण नहुन्जेल राख्ने।

Molecular Testing गर्न परिक्षण प्रयोगशाला कम्तीमा Biosafety level 2 or equivalent हुनुपर्छ र भाइरस उमारेर जाँच गर्न (culture) गर्न प्रयोगशाला Biosafety level 3 को हुनुपर्छ।



(भावानुबाद भएको र सबै शब्द नेपालीमा लेख्न गाह्रो भएकाले केही त्रुटी हुनसक्छ। कृपया यस्तो भएमा सच्याइदिनु होला।)



धन्यवाद

Tuesday, April 7, 2020

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल 




कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ । 


कोरोनाको बारेमा

यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए। 

२०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसारको करिब १४ लाख मानिसलाइ संक्रमित बनाएको छ र करिब ७६ हजारले ज्यान गुमाइसकेका छन्। संयुक्त राज्य अमेरीका, इटाली, स्पेन् जर्मनी र फ्रान्समा नराम्रो प्रभाव पारेको छ। संसारको तथ्यांक हेर्दा यो रोगको अहिलेसम्मको संक्रमण दर (R0) २.४ देखिएको छ। यसको अर्थ भनेको एक संक्रमितले सरदर २ देखि ३ जनालाई रोग सार्ने गर्छ तर यो संख्या समुदायले कस्तो सुरक्षा रणनिति अपनाएको छ, त्यसमा भर पर्छ। औसतमा यो हिसाबमा संक्रमण दुइगुना हुने समय औसतमा ७ दिनको हुन्छ। रोग संक्रमण भएपछि लक्षण देखिने समय करिब १० देखि १४ दिनको छ। अर्थात एक संक्रमितले आफुमा लक्षण नै नदेखिइ १० देखि १४ दिनसम्म अरुलाइ रोग सारिरहेको हुन सक्छ। रोग लागेको मानिसमा संक्रमण भएको १० दिनमा सबभन्दा सिकिस्त हुने देखिएको छ हालसम्मको तथ्यांकमा। 


छिमेकी देशहरुमा स्थिती के छ? 

रोग सुरु भएको देश चीनको केन्द्र वुहानमा शहर खुलेको समाचार आएको छ भने चीनमा फेरी बाहिरबाट आएकाको कारण संक्रमण बढ्ने आशंकामा केही प्रान्तहरु लकडाउन गरिएको समाचार छ। 


भारतमा रोग फैलिरहेको तथ्यांकहरुले देखाउँछ। अहिले हेर्दा भारतमा ५ हजारको हाराहारीमा संक्रमित छन् र मर्नेहरुको संख्या १५० को हाराहारीमा छ। भारतको मुम्बइको 'धारावी' भन्ने बिश्वको सबैभन्दा ठुलो सुकुम्बासी बस्तीमा (भारतीय भाषामा झुपडपट्टि) कोरोनाले एक जनाको ज्यान गएको र केहीलाइ संक्रमण भएको जनाइएको छ। २ किलोमिटरको सानो क्षेत्रफलको यो भागमा एकदम गरिब ७ लाख मानिस बस्छन्, सम्भवत संसारकै सबभन्दा घना बस्ती हो यो। यो कुरा भारत, खुला सीमा भएको छिमेकी देश नेपाल र विश्वकै लागि ठुलो टाउको दुखाइ हो। 



कोरोनाको प्रकोप कम हुने वा समाप्त हुने बाटोहरु के के हुन त? 


कोरोनाको निश्चित औषधी छैन आजसम्म। त्यसैले कोरोना नियन्त्रणको बारेमा बिभिन्न बैज्ञानिकका बिभिन्न धारणा छन्, तर आजको मितिसम्म मोटामोटी सबै सहमत हुने भनेको कोरोना नियन्त्रणको तीनवटा बाटोहरु छन्। 


१. खोप
संसारमा खोपको बिभिन्न प्रयोगहरु जारी छन्। रोग गराउने जीवाणु पत्ता लागेको ६७ दिनमा नै मानिसमा खोप परिक्षण भएको सम्भवत यो नै पहिलो हुनसक्छ। संसारमै इमरजेन्सी भएको कारण कोरोना खोपको लागि जनावरमा टेस्ट नगरी सिधै मानवमा परिक्षण गर्ने सुबिधा यो रोगले पाएको छ। खोप परिक्षणको बिभिन्न चरणहरु हुन्छन। पहिलो- सिमित स्वयंसेवकमा परिक्षण, दोस्रो- बिभिन्न रोग, गुण भएका मानिसको अलि ठुलो समुहमा परिक्षण, तेस्रो- ठुलो समुदायमा परिक्षण र चौथो चरणमा व्यवसायिक स्तरमा उत्पादन, बिक्री बितरण र गुणस्तर मापन। 


आजसम्म भाइरसको प्रोटीनलाइ आधार मानेर बनाइएको खोप, आरएनए लाइ आधार मानेर बनाइएको खोप, adenovirus-vectored vaccine जस्ता बिभिन्न खोपहरुको प्रयोगहरु चलिरहेका छन। यसमा सम्मिलित बैज्ञानिकहरुको नै भनाइलाइ आधार मान्ने हो भने सवै कुरा सोचे अनुरुप भएमा पनि सबै परिक्षण सकेर खोप आम मानिसमा पुग्न कम्तिमा १८ महिना लाग्न सक्छ। खोप दादुराको जस्तो सफल पनि हुनसक्छ, र एचआइभी जस्तो चालिस बर्षसम्म असफल पनि। संसारको करिब ६०% मानिसमा खोप लगाएपछि यो रोग नियन्त्रणमा आउँछ। 



२. सामुदायिक प्रतिरक्षा (Herd Immunity)- 
रोग नियन्त्रणमा आउने सबैभन्दा बिकराल अवस्था यो हो। संसारको मानिस मध्ये ६०% लाइ संक्रमण भइसकेपछी सामुदायिक प्रतिरक्षा बिकास हुन्छ, जसले रोग फैलिन दिँदैन। तर यस्तो हुँदासम्म लाखौँ मानिसको ज्यान गइसकेको हुनेछ।


३. सामाजिक दुरि कायम गरेर संक्रमणको चेन तोड्ने
एक दुइ देशको कुरा भए योबाट मात्र नियन्त्रण सम्भव हुन्थ्यो होला। सन्सारको प्राय सबै देशमा फैलिसकेको यो रोग केहि समय नियन्त्रणमा आए पनि पुनः संक्रमणको जोखिममा नरहने भन्ने हुँदैन। प्रतिरक्षा नभएका मानिसहरु धेरै भएको देशमा एउटामात्र संक्रमित आए पनि त्यसले रोग सारेर फेरि परालमा लागेको आगो जस्तो सल्किने सम्भावना हुन्छ। हालै जापानमा भएको संक्रमण बृद्दी, र चीनको अरु प्रान्तमा भएको संक्रमणले यहि कुरा संकेत गर्छ। पहिला भएका सार्स र मर्सको संक्रमणमा सामाजिक दुरी कायम गर्ने, रोगी र संक्रमित शंकास्पद हुने बित्तिकै छुट्टै राख्ने, गरेर संक्रमणको जालो तोडेर नै संक्रमण नियन्त्रणमा आएको थियो। तर संसार नै संक्रमित गरेको यो रोगमा यो सम्भावना निकै कम देखिन्छ। हो सामाजिक दुरिले संक्रमणको गतिलाइ भने ढिलो गर्ने र बिपद् ब्यवस्थापनको हिसाबले सजिलो भने बनाउँछ।


तर्क र कारण त थाहा भएन तर केहि संसारका बैज्ञानिकहरु केहि महिनामा संक्रमण आफैँ कम हुने समेत आँकिरहेको मिडियामा यदाकदा सुन्नमा आएको छ। 


संसारमा कोरोनाको लागि  के के ट्रायल भइरहेका छन् त?


भाइरसको बिरुद्द प्रयोग हुने औषधी लोपिनाभिर-रिटोनाभिर र रेम्डेसिभिरको बारेमा अध्ययन भइरहेको छ, र प्रारम्भिक नतिजामा यि औषधीहरुले संक्रमितलाइ चाँडो निको हुन मद्दत गरेका छन् । माथी उल्लेख गरिएका खोपहरु ट्रायल फेजमा छन्। human recombinant soluble angiotensin-converting enzyme 2 भन्ने औषधी ट्रायलमा जान लागेको छ। डोनाल्ड ट्रम्पले दावी गरेको क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विनको प्रभाव फ्रान्समा गरेको केहि मानिसहरुमा प्रभावकारी देखिएको छैन, तर अझै पुरा रिपोर्ट आइसकेको छैन। 


संसारको तथ्यांक हेर्दा बिसिजी खोप दिने मुलुकमा यसको प्रकोप कम हुन्छ कि भनी आँकिएको लेखहरु आएका छन। तर यो रोगको प्रकोप बिसिजी लगाउने देशहरुमा पछिल्लो चरणमा संक्रमण भएको कारणले सबै कुरा थाहा नभइसकेको मात्र पनि हुनसक्छ वा अनिबार्य बिसिजी खोप दिने अधिकांस देशहरु गरिब भएको र त्यहाँ परिक्षण एकदम नै कम भएकोले पनि आँकडा कम देखिएको हुनसक्छ। यसको थप पुस्टी भारतको संक्रमण दरले गर्ने हुनसक्छ। 


जुकामा प्रयोग हुने आइभरमेक्टीन भन्ने औषधी पनि ट्रायलमा छ भन्ने कता कता सुनिन्छ। तर सिफारिसको तहमा केही आइसकेको थाहा भएको छैन। 


रुढीबादले पनि ठुलो क्षति भएको समाचार हरु छन्। अमेरिकी रास्ट्रपतिले भनेको सुनेर क्लोरोक्वीन र एजिथ्रोमाइसिन खाएर कहीँ बिरामी मरेको भन्ने समाचारहरु मिडियामा आएका छन। 


त्यसो त पादरीले डिटोल खुवाएर केन्यामा धेरै मानिसको ज्यान गएको पनि समाचारमा सुन्नमा आएको छ। 



सारांसमा भन्दा, 

लकडाउनका बीच नेपालमा पनि सुदुर पस्चिमको बझाङ्गमा हजारौँले मेला मनाएको खबर आएको छ, जुन भुभाग नेपालको उच्च जोखिमको भनेर मानिएको छ। यो हाम्रो लागि ठुलो चिन्ताको बिषय हो।

शिक्षा र चेतनामा कमजोर नेपालको छिमेकी भारतीय प्रान्तहरुमा रोग फैलिदैँ गएको बेलामा भारतीयहरु पाहुना भएर हुलका हुल बिना रोकटोक नेपाल छिर्नु, भारतमा जमातीहरुको सभामा नेपालीहरु सहभागी हुनु, सहभागी केहि नेपाली जमातीमा कोरोना पोजिटिभ देखिनु, र कोरोना पोजिटिभ ब्यक्ति क्वारन्टाइनबाट भागेको समाचार आउनु नेपालको सन्दर्भमा ठूलो चुनौति हुनसक्छन्, जसमा तुरुन्तै सबैको ध्यान जान जरुरी छ। काठमान्डुमै मानिसले तरकारी बजारमा अनियन्त्रित भीड गर्नु, नेपालमा अझै पनि जात्रा समारोह गरिनु र सबभन्दा ठुलो कुरा नेपालमा अस्पतालको संख्या र तीनको सुबिधा अत्यन्तै न्युन हुनुले पटक्कै राम्रो संकेत गर्दैन।

लकडाउन र सामाजिक दुरीले रोगीको संख्या कम गर्न मद्दत गरेर समस्या समाधान गर्ने देशको स्वास्थ्य प्रणालीलाइ सहज बनाउँछ, तर यो नियन्त्रणको रामबाण भने होइन। आज नियन्त्रण भएको महामारी भोलिको दिनमा कसैले बोकेर फेरी देशमा ल्यायो भने त्यसले फेरि महामारीको रुप ग्रहण गर्ने छ। त्यसैले आजको दिनसम्मको स्थितिमा उपाय भनेको देशभित्र संक्रमण दर कम गर्न सामाजिक दुरि राख्ने र बाहिर देशबाट रोग भित्रिन नदिने नै हो।  खोप मात्र रोकथामको अन्तिम आश हो। 

चीनमा संक्रमण भएर उसलाई हम्मे हम्मे परेको बेला स्पेनमा फुटबल आयोजना भएको र अमेरिकी रास्ट्रपतिले 'यो चिनियाँ भाइरस सामान्य रुघाखोकी हो', भन्नेजस्तो हल्का टिप्पणी र सुरुवाती चरणमा लापरबाही नगरेको भए सायद अमेरिका र स्पेनको त्यति चाडैँ यो हालत हुँदैन थियो होला। 

संसारका धेरै देशसँग विश्वलाइ सयौँ पटक खतम गर्ने हतियार छ। तर आज आएर आवस्यक पर्दा कुनै एउटा देशसँग आफ्नो नागरिक जोगाउने स्वास्थ्य सामग्री छैन। यो आजको संसारको नै ठुलो बिडम्बना भएको छ। नेपालमा पनि सैनिक खर्च, र अन्य प्रशासकीय खर्चको तुलनामा स्वास्थ्यमा विनियोजन हुने बजेट लाजलाग्दो गरी नै कम छ। सरकारी अस्पताल बिस्तार र निजी अस्पताल नियमन गर्ने कसैको चासोमा पर्दैन। देशमा कति कुन बिधाका चिकित्सक आवस्यक पर्छ, महामारीको ब्यवस्थापन कसरी गर्ने भन्ने तयारी मन्त्रालयले कहिले गरेको सुनिँदैन नेपालमा। 

पुरा संसारले मनन गरेको अवस्थामा, स्वास्थ्य क्षेत्रलाइ सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा दुइ मत कसैमा रहन आवस्यक छैन। नेपालका अस्पताल बिशेशतः सरकारी अस्पताल देशको नागारिकलाइ सामान्य अवस्थामा नै यथेस्ट सेवा दिन असमर्थ भएको बेला यो महामारीले देशकै ढाड भांच्न लागेको आभास हुँदैछ। सदुपयोग गर्ने भए अझै पनि थोरै समय बाँकी छ। देश अझै त दोस्रो अवस्थाको सुरुमा नै छ। भुकम्पमा जस्तो विश्व समुदाय सहयोग गर्नसक्ने स्थितिमा छैन। यो हाम्रो आफ्नै बलबुताको लडाइँ हुनेवाला छ। यस्तो बिषम अवस्थामा सरकार र जनता दुबै गम्भीर भएर आन्तरिक र बाह्य दुबै संक्रमण दर कम गर्ने, र निजी सरकारी हातेमालो गर्दै सम्भावित युद्दस्तरको तयारीमा जुट्नु बाहेक केहि बिकल्प छैन। चिकित्सा शिक्षामा एउटा उखान नै छ, “स्यालको शिकार गर्न जाँदा बाघ मार्नेसम्मको तयारी चाहिन्छ।“ तर यहाँ त हामी खाली हात डाइनोसरको अगाडी परेजस्तो भएका छौँ। 


धन्यबाद 


तथ्यांकका स्रोतहरुः 
















Center for disease control, USA 











Featured post

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without a...