यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ। केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने) १. शंकास्पद संक्रमित (suspect case) - स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको। वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको, वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको २. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको...
Place to share knowledge and experience in neurosurgery and other health arena in Nepal and the whole world. We can share experience and feelings on both casual and technical neurosurgical as well as health politics, research, health economics and some literature as well.