जेनेरिक औषधिको बहस
डा. सन्देश दाहाल अहिले बजार तातिरहेको एउटा बहस छ , औषधि जेनेरिक नाममा लेख्ने कि ब्रान्ड नाममा। यो लेख लेख्नु अगाडी एउटा कथाबाट सुरु गर्न चाहन्छु। एउटा गाउँमा एउटा फटाहा मान्छे बस्थ्यो। साँझ परेपछि “स्याल आयो” भनेर ठुलो हल्ला गर्थ्यो। गाउँमा स्याल लागेको भनेर गाउँमा पुरै हल्ला भयो। अनि सबै सुतेको बेला उ छिमेकीको घरमा गएर कुखुरा चोर्थ्यो , र कुखुरा मरेर छिलिसकेपछी अलिकति कुखुराको प्वाँख र रगत कुखुराको खोर छेउमा छोडीदिन्थ्यो। छिमेकीलाई लाग्थ्यो , कुखुरा चोरले लग्यो होला। गाउँको सबैको कुखुरा भटाभट चोरी भएपछी मान्छे जाग्राम बसे , र एकदिन त्यो चोरलाई समाए। यसरी स्यालको नाममा कुखुरा चोर्ने मान्छेको पर्दाफास भयो र गाउँमा कुखुरा हराउन बन्द भयो। अहिले बजारमा हल्ला छ , डाक्टरले कमिसन लिएर औषधि महँगो भएको हो। आफै डाक्टर भएकोले मलाई राम्रो थाहा छ , हल्लाका यी दुइ कथाहरुमा गहिरो समानता छ। कानुनको बर्खिलाप गर्ने गराउने , व्यापार-व्यवसाय वा नाफाको बारेमा केहि नराम्रो भन्ने मेरो उद्देश्य छैन होइन र रहनेछैन भन्ने प्रस्टीकरण सुरुमै गर्न चाहन्छु। यो बहसमा जानु भन्दा अगाडी बुझ्नुपर्ने केहि मुल...

Comments
Post a Comment