Posts

Showing posts with the label Health Blogs

झारफुके उपचारले हाम्रो स्वास्थ्यमा पारेको असर

Image
डा सन्देश दाहाल                             नेपालमा कोरोनाले मृत्यु भएको मानिसको अंग बेचबिखन हुन्छ भनेर मानिसमा भ्रम पैदा गरेको एउटा मानिस पक्राउ भएपछि उसको बारेमा अनुसन्धान हुँदा थाहा भयो, उसले केही पढेको जानेको छैन तर आफुलाइ डाक्टर भनेर ‘अन्तिम बिकल्प’ नामको क्लिनिक खोलेर धेरैलाइ क्यान्सर र एचआइभी निको पार्ने भनेर ठगी गरिरहेको रहेछ नेपालको राजधानीमै र उसकोमा मानिसहरु टोकन लिएर बसिरहेका रहेछन ठगिनको लागि। मलाइ याद छ, यो मानिसले एउटा युट्युब अन्तरवार्तामा आफुलाइ ‘भगवानले सपनामा क्यान्सर र एचआइभी निको मार्न सिकाएको’ भनेर दावी गरेको थियो। आजको इन्टरनेट युगमा पत्रकार, र पढेलेखेका शिक्षकहरु पनि तथ्य नखोजी र नबुझी उसको कुरा सामाजिक संजालमा शेयर गरेका छन। उसको काम न त सरकारले अनुगमन गरेको छ न त मानिसहरुले उसको बारेमा तथ्य बुझ्ने कोसिस नै गरेका छन्। मानिसहरुको यो हदसम्मको दयनीय चेतनालाइ केही हदसम्म चिर्न यो लेख पुन शेयर गरेको छु। यो लेख पुरानो नै हो, मैले ३-४ बर्ष अगाडी लेखेको। यसको सान्दर्भिकता आज झन ज्यादा भएको जस्तो लाग्छ। सानैदेखि भगवान र भूतको कथामा रमाउने समाज भएर होला , हाम्रो समाज

कोरोना टेस्ट कसरी गरिन्छ ?

Image
यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ। केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने) १. शंकास्पद संक्रमित (suspect case) - स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको। वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको, वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको २. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको

कहिले सकिन्छ त कोरोना कहर?

Image
डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसारको करिब १४ लाख

झारफुके र नक्कली उपचारकर्मीले कसरी लाँदैछन् मानिसलाइ मृत्युको मुखमा

Image
डा सन्देश दाहाल सानैदेखि भगवान र भूतको कथामा रमाउने समाजको हिस्सा भएर होला , चमत्कारमा हाम्रो अलि ज्यादा विश्वास छ , वास्तविकता भन्दा। तेसैले आजक दिनमा पनि कयौं मानिसहरु छन् जो डाक्टरको सट्टा धतुरोको फुल मुखमा च्यापेर त्यसलाई पानीमा फुकेर दाँतको किरा झारेको भन्ने , पानीमा लुकाएर बेसार मिसाएर जन्डिस झारेको भन्ने बाबा बैद्य , आदिजस्ता ठगहरुको बिश्वास गर्ने गर्छन। हुन त आयुर्बेद वा झारफुकको नाममा मात्र ठगि हुदैन , औषधि पसलेका नाममा पनि ठगिन्छन मान्छे। छालाभित्र बोसो ( lipoma) भएको बिरामीलाई ३ महिना एन्टीबायोटिक दिएको नि धेरै देख्या छ। तर पनि मान्छेहरु जान्छन त्यस्ता ठगहरुकोमा। त्यसमा विभिन्न कुराको दोस छ , कमजोर जनचेतना , ठग मनोवृति , सरकारी उदासीनता आदि त छदै छन्। बिरामीको यस्तो आचरणमा हामी अस्पताल वा चिकित्सामा प्रत्यक्ष परोक्ष सरोकार राख्ने सबै दोसी छौं। बिरामीसंग झर्किने क्रम टिकट काउन्टरबाट सुरु भएर , सम्पूर्ण उपचार पद्दति देखि डिस्चार्ज काउन्टरसम्म चलिरहन्छ। टेस्टको महंगी , रिपोर्ट ढिलो आदिजस्ता कारणले मानिसहरु अति नै नभई अस्पताल जान चाहदैनन्। खैर यी सबै सुधार हुदै जालान।    

कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?

Image
डा सन्देश दाहाल  कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाइ “सामान्य रुघाखोकि” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियंत्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकि चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रोलागी तयारीको ठुलो अवसर हुंनसक्थ्यो। तर समयमा सोच्न नसक्ने वा परिस्थितिको गम्भिर्यता बुझ्न नसक्ने देशमा अब ठुलै दुर्घट्ना नहोला भन्न सकिने अवस्था रहेन। कोरोना रोगको बारेमा सामान्य जानकारी!  यो एक प्रकारको आरएनए भाइरसले हुन्छ।  खोक्दा र हाच्छयु गर्दा एक मानिसबाट अरुलाइ सर्छ।  शरिरबाट निस्केको भाइरस तिन दिनसम्म घरको बिभिन्न भागमा हुनसक्छ! जस्तै कपडा, ढोकाको चुकुल वा सांचो आदि।  कोही मानिस संक्रमित भएको 14 दिनसम्म लक्षण नदेखिन सक्छ, यो अवस्थामा संक्रमितले थाहा नपाइ आफ्नो वरिपरि घर र छर-छिमेकमा अरुलाइ रोग सारिरहेको हुन्छ।  यसका लक्षणहरु भनेको सुक्खा खोकि लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने आदि।  अझ सिकिस्त हुंदै गएम

स्वस्थ जीवनको निम्ति कस्तो खाना खाने?

डा सन्देश दाहाल जीवन बाँच्न र शरीरले बिभिन्न कामहरु गर्नको निम्ति शक्तिको आवस्यकता हुन्छ/ हाम्रो शरीरमा शक्ति प्राप्त गर्न दुइ मुख्य दुइ कुराको आवस्यकता पर्छ, एक खाना र अर्को अक्सिजन/ शरीरको कोषभित्र खाना र अक्सिजनको रियाक्सन भएर नै हाम्रो शरीरमा शक्ति प्राप्त हुन्छ/ खाना आजको जमानामा शरीरको जरुरतमा मात्र सिमित छैन, खाना शोख पनि भएको छ/ आजकल हामीलाई खाएर मात्र पुग्दैन, स्वादिलो र बिभिन्न परिकार खानुपर्ने भएको छ/ आजको इन्टरनेटको जमानामा तरिका सिकेर संसारमा जुन देशको खाना जहाँ पनि बनाउन र खाना सकिन्छ/ यो राम्रो कुरा हो, यसले आनन्द दिन्छ/ तर हाम्रो शरीरलाई उपयुक्त हुने खाना खान जानिएन भने यसले बिभिन्न शारीरिक तथा मानसिक समस्या निम्त्याउन सक्छ/ आजको संसारमा सर्ने भन्दा नसर्ने रोगहरु जस्तै मुटुरोग, रक्तचाप, मधुमेह जस्ता प्राण घातक रोगहरु खानपिन संग सम्बन्धित छन्/ पोलेको मासु, र सागसब्जीमा प्रयोग गरेको बिषादीले क्यान्सर गराउने गरेको तथ्यहरु छन्/ यस्तो अवस्थामा खानपिनमा बिशेष ध्यान दिनु भनेको आफ्नै जीवन सुखी र लामो बनाउनु हो/  हामीले खाने खानामा के के हुन्छ ?  हामीले खाने

कोरोना र नेपाली स्वास्थ्यकर्मीहरु

Image
डा सन्देश दाहाल यो लेख लेख्दासम्म ब्रिटेनको प्रधानमन्त्रीलाइ कोरोना संक्रमण पुस्टी भइसकेको छ। इटाली, अमेरिका लगायत देशमा स्वास्थ्यकर्मीहरु ठुलो सन्ख्यामा सन्क्रमित भएर ज्यान गुमाएका कथाहरु आएका छन। आज साँझ एक महिला आउनु भयो इमरजेन्सीमा ज्वरो र निल्न समस्या भएर। हेर्दा त न्युरोलोजीकै समस्या देखिन्थ्यो। जाँच गराएर भर्ना गर्ने निर्णय गरियो। तर ज्वरो र खोकी भएकोले कोरोना हो होइन भन्न मुस्किल भयो। वहाँलाइ टेकु अस्पतालले कोरोना जाँच्नु नपर्ने भनेर पठाएको रहेछ। तर हालको अवस्थामा अनुमान कै भरमा उपचार गर्नु त काल निम्त्याउनु नै हो। भर्ना गरेपछि कहाँ राख्ने समस्या पर्यो । कोमल मन, दुइ जना सिस्टरहरु राजी हुनुभयो ड्युटी गर्न, उपलब्ध सामान्य स्रोत लिएर। चिन्ता होला भनेर घरमा फोन पनि गर्नुभएन। यो आजको एक अस्पतालको एक घटना मात्र नभइ भोलिको दिनमा देशका सबै अस्पतालको नियती बन्ने वाला छ। तथ्यांक केलाउँदा सन्सार भर नै आम मानिसमा गम्भिर संक्रमण र मृत्यु बुढोपाको उमेरमा हुने भएपनि स्वास्थ्यकर्मीमा कम उमेरमा नै पाइएको छ, र उनीहरुमा रोग झन घातक देखिएको छ। अमेरिकामा सुरक्षा सामग्री नपाएर प्लास्ट