Posts

Showing posts with the label COVID-19

मानिसहरु भ्रम वा षड्यन्त्र सिद्दान्त (conspiracy theory) मा किन विश्वास गर्छन्?

Image
https://swasthyakhabar.com/story/35061 मानिसहरु सधैँ सत्य कुरामा विस्वास गर्दैनन्। कति मानिसहरुलाइ सत्य कुरा थाहा नभएर भ्रममा विस्वास गर्दछन। कति मानिसहरु सत्य कुराको जानकारी भएर पनि बिभिन्न कारणले भ्रममा बिस्वास गर्दछन। बिशेष गरी आम मानिस संकटमा भएको बेला जस्तो महामारी, युद्द, ठुलो सामाजिक आपराधिक घटना आदि जस्ता बेलामा भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा ब्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आम मानिसको हात हातमा भएको बेला यो कुरा फिँजाउन झन सजिलो भएको छ। के हो त षडयन्त्र सिद्दान्त (Conspiracy theory) कुनै घटनाको सम्भावित कारणको जानकारी र यथेष्ट प्रमाण हुँदाहुँदै पनि उक्त घटना कुनै अन्जान ठुलो वा शक्तिशाली समुहले बिशेशः त राजनैतिक उद्देश्यका कारण षडयन्त्रपुर्बक गरायो होला भनेर ब्याख्या गरिने सिद्दान्त नै षडयन्त्र सिद्दान्त हो। उदाहरणका लागि सडकमा दुर्घटना भएर एक युवाको मृत्यु भयो। अब त्यो मृत्यु भएको युवाले दुर्घटनाको बेला रक्सी सेवन गरेको पनि देखियो, र ज्यादा स्पीडमा सवारी गलत साइडमा हाँकेको पनि थाहा लाग्यो।   तर ऊ चाहिँ सम्बन्धित ठाउँको ठुलो मानिसको छोरा रहेछ भने, अब उसको म

कोरोना टेस्ट कसरी गरिन्छ ?

Image
यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ। केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने) १. शंकास्पद संक्रमित (suspect case) - स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको। वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको, वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको २. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको

कहिले सकिन्छ त कोरोना कहर?

Image
डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसारको करिब १४ लाख

कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?

Image
डा सन्देश दाहाल  कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाइ “सामान्य रुघाखोकि” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियंत्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकि चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रोलागी तयारीको ठुलो अवसर हुंनसक्थ्यो। तर समयमा सोच्न नसक्ने वा परिस्थितिको गम्भिर्यता बुझ्न नसक्ने देशमा अब ठुलै दुर्घट्ना नहोला भन्न सकिने अवस्था रहेन। कोरोना रोगको बारेमा सामान्य जानकारी!  यो एक प्रकारको आरएनए भाइरसले हुन्छ।  खोक्दा र हाच्छयु गर्दा एक मानिसबाट अरुलाइ सर्छ।  शरिरबाट निस्केको भाइरस तिन दिनसम्म घरको बिभिन्न भागमा हुनसक्छ! जस्तै कपडा, ढोकाको चुकुल वा सांचो आदि।  कोही मानिस संक्रमित भएको 14 दिनसम्म लक्षण नदेखिन सक्छ, यो अवस्थामा संक्रमितले थाहा नपाइ आफ्नो वरिपरि घर र छर-छिमेकमा अरुलाइ रोग सारिरहेको हुन्छ।  यसका लक्षणहरु भनेको सुक्खा खोकि लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने आदि।  अझ सिकिस्त हुंदै गएम

कोरोना र नेपाली स्वास्थ्यकर्मीहरु

Image
डा सन्देश दाहाल यो लेख लेख्दासम्म ब्रिटेनको प्रधानमन्त्रीलाइ कोरोना संक्रमण पुस्टी भइसकेको छ। इटाली, अमेरिका लगायत देशमा स्वास्थ्यकर्मीहरु ठुलो सन्ख्यामा सन्क्रमित भएर ज्यान गुमाएका कथाहरु आएका छन। आज साँझ एक महिला आउनु भयो इमरजेन्सीमा ज्वरो र निल्न समस्या भएर। हेर्दा त न्युरोलोजीकै समस्या देखिन्थ्यो। जाँच गराएर भर्ना गर्ने निर्णय गरियो। तर ज्वरो र खोकी भएकोले कोरोना हो होइन भन्न मुस्किल भयो। वहाँलाइ टेकु अस्पतालले कोरोना जाँच्नु नपर्ने भनेर पठाएको रहेछ। तर हालको अवस्थामा अनुमान कै भरमा उपचार गर्नु त काल निम्त्याउनु नै हो। भर्ना गरेपछि कहाँ राख्ने समस्या पर्यो । कोमल मन, दुइ जना सिस्टरहरु राजी हुनुभयो ड्युटी गर्न, उपलब्ध सामान्य स्रोत लिएर। चिन्ता होला भनेर घरमा फोन पनि गर्नुभएन। यो आजको एक अस्पतालको एक घटना मात्र नभइ भोलिको दिनमा देशका सबै अस्पतालको नियती बन्ने वाला छ। तथ्यांक केलाउँदा सन्सार भर नै आम मानिसमा गम्भिर संक्रमण र मृत्यु बुढोपाको उमेरमा हुने भएपनि स्वास्थ्यकर्मीमा कम उमेरमा नै पाइएको छ, र उनीहरुमा रोग झन घातक देखिएको छ। अमेरिकामा सुरक्षा सामग्री नपाएर प्लास्ट