Skip to main content

Posts

Showing posts from 2022

सपना रसातलको

  सपना रसातलको डा सन्देश दाहाल रसातल, पाताल वा नर्क साँच्चै होला त? कि काल्पनिक कुरा होलान? हामी कथा पढ्छौँ, मनन गर्छौँ। म त काम गर्ने मानिस, यी त धार्मिक प्रसंग भए। म त बिहान उठ्छु, मुख धुन्छु, मेरो मन्दिर जान्छु, शरीरमा शक्ति रहेसम्म र घडीमा केहि पल रहेसम्म उतै बिताउँछु। उज्ज्यालोमा घर आउँदा छोरीहरुले आश्चर्य मान्दै सोध्छन, “बाबा सुर्यास्त भएकै छैन त।“ चीरनिँदको काखमा मस्त उनीहरुको ललाट चुम्नमात्र मेरो सौभाग्य हुन्छ ज्यादातर।   मेरो स्वर्ग मन्दिरमा अचम्मको पद्दति छ, केबल सेवा गर्ने । वास्तवमा गीताको श्रीकृष्ण मुखारबिन्द भएको पर्याय हो मेरो मन्दिर, शुन्य आशक्ति-आसामा कर्म गर्ने गराउने। ज्ञान नै मेरो मेवा हो, त्यही मेवा म मेरो जीवन भार्या र लालाबालाहरुलाइ खुवाउँछु। मैले आजकल भोजन पनि त्यही ज्ञानको भन्डारबाट गर्छु। भोलि मेरो छोरीको जन्मदिन छ, मसँग केबल यहि ज्ञानको भन्डार छ, उनलाइ जन्मदिनको उपहार दिन। ज्ञानको भन्डारले लटरम्म नपुगेको बेला बाबुआमासँग गौरवपुर्ण लाचार मृदुमुस्कान दिन्छु। चाउरी परेका अनुहारका बुबाआमा अहिले जसले मेरो टेको लिनुपर्ने हो, वहाँहरुले कारुणिक अनुहार ल...