Skip to main content

कोरोना टेस्ट कसरी गरिन्छ ?

यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ।

केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने)

१. शंकास्पद संक्रमित (suspect case)- स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको।

वा,

स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको,

वा,

स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको



२. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको कुनै कारणले परिक्षण गर्न सम्भव छैन।

३. प्रमाणित संक्रमित (confirmed case)- लक्षण भए पनि नभए पनि परिक्षणको नतिजामा पोजिटिभ आएको मानिस।

४. सम्पर्कमा भएको मानिस(Contact)- संक्रमित वा शंकास्पद रोगीमा लक्षण हुनु २ दिन अगाडी देखि लक्षण देखिएको १४ दिनसम्म नजिकमा आएको जो कोही मानिस जो संक्रमितको १ मिटरभित्र वा १५ मिनटभन्दा ज्यादा समय बिताएको वा उसको प्रत्यक्ष हेरचाह गरेको वा शारिरिक रुपमा निकटमा रहेको।




देशमा हुने संक्रमणका चार चरणहरु-

१. पहिलो चरण- समुदायमा संक्रमित वा रोगी नभएको अवस्था (No cases)

२. दोस्रो चरण- बाहिरबाट आएका वा समुदायमा नै देखिएका छिटपुट संक्रमितहरु (Sporadic cases)

३. तेस्रो चरण- सानो सानो समुदायस्तरको संक्रमणको अवस्था (Cluster of cases)

४. चौथो चरण- महामारीको चरण (Community Transmission)





परिक्षण के गर्ने?

आजको मितिसम्म संभावित परिक्षण बिधिहरु ४ वटा भनिएका छन,

१. मोलेक्युलर परिक्षण वा न्युक्लिक एसिड एम्प्लिफिकेसन (जसमा आर टी पिसिआर एक हो) परिक्षण (Molecular testing/ Nucleic acid amplification test/ RT-PCR test) - विश्व स्वास्थ्य संगठनले आजको मितिसम्म निदान (diagnosis) को लागि प्रस्ताव गरेको एकमात्र परिक्षण बिधि। यसमा ४ वटा जिनको (viral genes) अध्ययन गरिन्छ, N, E, S र RdRP.



२. सेरोलोजी परिक्षण (serological tests)- सेरोलोजीमा रगत (blood) वा सेरम (serum) को जाँच गरिन्छ। यसमा भाइरसको आरएनए वा बिरामीको शरीरमा उत्पन्न भएको रोग प्रतिरोधी प्रोटिन हेरिन्छ। आजको अवस्थामा विश्व स्वास्थ्य संगठनले यसलाइ निदानको लागि परिक्षणको तहमा सिफारिस गरिसकेको छैन। यसमा बिरामीको दुइ पटक रगत परिक्षण गर्नुपर्छ। लक्षण भएको मानिसमा मोलेक्युलर परिक्षण नेगेटिभ आएमा तर उसमा रोग हुनसक्ने सम्भावना ज्यादा भएमा निदानमा यसले मद्दत गर्न सहयोगी हुनसक्छ भनेर भनिएको छ। यो परिक्षणको लागि शंकास्पद बिरामीको रगत दुइ पटक लिएर हेर्नुपर्छ, प्रथम पटक लक्षण भएको एक हप्ताभित्र र दोस्रो पटक संक्रमणको लक्षण सकिएको २ देखि ४ हप्तापछी। यो जाँचको निम्ति सुरुमा लिएको रगत ल्याबमा सुरक्षित राख्नुपर्छ।

३. भाइरस सिक्वेन्सिंग (viral genome sequencing)- यो चाहीँ रोग निदान भन्दापनि भाइरसमा आनुबांसिकी परिबर्तन (mutation in viral genome) भयो कि भनेर गर्ने हो, किनभने आनुबांसिकी परिबर्तनले परिक्षण र उपचारमा फरक पार्ने हुन्छ।



४. भाइरस उमारेर हेर्ने (viral culture)- अनुसन्धान बाहेक निदानको तहमा यो चाहिँ सिफारिस गरिएको छैन।



परिक्षणमा पुरा गर्नुपर्ने शर्तहरु

१. संक्रमित संख्या सुन्य भएको भुगोल वा अवस्थामा शंकास्पद बिरामी भेटिएमा (zero reported cases),
  • माथि उल्लेखित चार जीनमध्ये दुइटा पोजिटिभ हुनुपर्ने (जसमध्ये एक COVID-19 कै हुनुपर्ने, one genome specific to COVID-19) वा
  • बिटा-कोरोना (beta corona virus) भाइरस पोजिटीभ हुनुपर्ने र COVID-19 जेनेटिक सिक्वेन्सिंग (genetic sequencing) बाट प्रमाणित हुनुपर्ने।
  •  परिणाम निस्चित नभए पुन परिक्षण गर्नुपर्ने।

२. संक्रमित भइसकेको अवस्थामा (In places with reported COVID-19 cases), मोलेक्युलर परिक्षणमा (NAAT/RT-PCR) माथी उल्लेखित कुनै एउटामात्र कुरा पोजिटिभ भएमा पनि रिपोर्ट पोजिटिभ मानिन्छ।

एक परिक्षण मात्र नेगेटिभ आएमा कोरोना नरहेको हुन्छ भन्ने छैन। आवस्यकता हेरेर अर्को एक वा बढीपटक परिक्षण गर्नुपर्ने हुनसक्छ।



बिरामी संक्रमित भएर पनि परिक्षण नेगेटिभ आउनसक्ने कारणहरु (causes of false negative)
१. परिक्षणको नमुना राम्रो नलिएर (poor quality of sample, look to see if there is enough human DNA in the sample by including a target in human DNA in the sample)

२. संक्रमणको सुरुमै वा रोगको अन्तिम अवस्थामा परिक्षण गर्दा (sample collected too early or late in the phase of illness)

३. परिक्षण नमुना राम्रोसँग ल्याब सम्म लैजाने ब्यवस्था नभएर (the sample was not handled and shipped properly)

४. भाइरसको आनुबंशिकी परिवर्तन भएर (virus mutation or PCR inhibition)



संक्रमित हो भन्ने आशंका धेरै छ, तर रिपोर्ट नेगेटिभ आएमा, सुरुको स्याम्पल घाँटीबाट लिएको भए (nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate), अर्को स्याम्पल खकार बा स्वासनली (sputum or endotracheal aspirate) लिने। अथवा सुरुको स्याम्पल खकार वा स्वासनली बाट लिएको भए अर्को स्याम्पल घाँटीबाट (nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate) लिने।

बिरामीको परिक्षण सुरु गर्नु अगाडी मेसिनको चुस्त अवस्थाबारे जानकारी लिन ल्याब स्याम्पलबाट क्वालिटी कन्ट्रोल परिक्षण गर्ने। (It is recommended to laboratories that order their own primers and probes to perform entry testing/validation on functionality and potential contaminants.)



रिपोर्टींग गर्ने- 
सम्बन्धित देशको रिपोर्टींग निर्देसिका अनुसार रिपोर्ट जे आए पनि सम्बन्धित निकायलाइ खबर गर्ने।



परीक्षण गर्ने नमुनाहरु के के हुन त?

१. शंकास्पद बिरामीलाइ-
  •  घाँटीबाट स्वाब नमुना निकाल्ने (मिलेसम्म नाकको बाटोबाट, नमिले मुखबाट nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate)
  • खकार, वा स्वासनलीबाट निकालेको नमुना (sputum or endotracheal aspirate)
  •  अरु सम्भावित नमुनाहरु- दिसा, रगत, र बायोप्सी वा पोस्टमार्टम तन्तु (stool, urine, biopsy and autopsy tissue specimen)
  •  सेरोलोजीको लागि- रगतको (serum two samples, ACUTE AND CONVALESCENT SAMPLE IS MUST) दुइ नमुना, लक्षण भएको ब्यक्तिमा एक हप्ताभित्र र अर्को नमुना रोगको लक्षण निको भएको २ देखि ४ हप्तामा। 
COVID-19: Doctor explains how the nasal swab procedure works | KOB 4


२. संक्रमितको सम्पर्कमा भएको ब्यक्तिमा लक्षण भएमा, कोरोना उपचार गर्ने स्वास्थ्यकर्मी जो धेरै बिरामीसँग नजिकैबाट सम्पर्कमा छन,
  • घाँटीबाट स्वाबको नमुना (nasopharyngeal swab or orpharyngeal swab or nasopharyngeal wash or aspirate)
  •  सेरोलोजीको लागि-  रगतको दुइ नमुना, एक नमुना तुरुन्तै  लिने र अर्को नमुना २ देखि ४ हप्तापछि। (serum two samples, ACUTE AND CONVALESCENT SAMPLE IS MUST)



स्वाब नमुना के ले लिने ?

Dacron वा polyster flocked swabstick  ले लिने। कटन स्वाबस्टिकले लिएको नमुना भरपर्दो हुँदैन।

BioGen

नमुना के मा लाने ? (transport medium)
नमुना नैजान भाइरल मिडिया (VIRAL TRANSPORT MEDIUM- VTM) हुन्छ, जसमा एन्टीबायोटिक (antibiotics) र एन्टीफंगल (antifungal) औषधी हालिएको हुन्छ। सो उपलब्ध नभएमा सलाइन (sterile container containing sterile normal saline) हालेको बिर्को भएको सफा भाँडामा लैजान सकिन्छ।


तापक्रम कति राख्ने ?

स्वाब, खकार, र स्वासनलीबाट निकालेको नमुना २ दिनसम्ममा जाँच हुने भए २ देखि ८ डिग्री सेल्सियसमा पठाउने र परिक्षण नहुन्जेल ल्याबमा सोही तापक्रममा राख्ने। २ दिन भन्दा ज्यादा समय लाग्ने भए माइनस २० देखि माइनस ७० डिग्री सेल्सियसमा (preferably -70 degree celsius) मा सुख्खा बरफ(dry ice) मा राखेर पठाउने वा परिक्षण नहुन्जेल राख्ने। बिचमा पगाल्ने जमाउने वा परिक्षण अगाडी नमुनालाइ तताउने गर्नु हुँदैन।

तन्तु (Biopsy or autopsy tissue sample) लिएको भए नमुना २४ घन्टामा जाँच हुने भए २ देखि ८ डिग्री सेल्सियसमा पठाउने र परिक्षण नहुन्जेल ल्याबमा सोही तापक्रममा राख्ने। २४ घन्टा भन्दा ज्यादा समय लाग्ने भए माइनस २० देखि माइनस ७० डिग्री सेल्सियसमा पठाउने वा परिक्षण नहुन्जेल राख्ने।

रगत (blood) , सिरम (serum), वा दिसा-पिसाबको नमुना लिएको भए नमुना ५ दिनसम्ममा जाँच हुने भए २ देखि ८ डिग्री सेल्सियसमा पठाउने र परिक्षण नहुन्जेल ल्याबमा सोही तापक्रममा राख्ने। ५ दिन भन्दा ज्यादा समय लाग्ने भए माइनस २० देखि मिनस ७० डिग्री सेल्सियसमा पठाउने वा परिक्षण नहुन्जेल राख्ने।

Molecular Testing गर्न परिक्षण प्रयोगशाला कम्तीमा Biosafety level 2 or equivalent हुनुपर्छ र भाइरस उमारेर जाँच गर्न (culture) गर्न प्रयोगशाला Biosafety level 3 को हुनुपर्छ।



(भावानुबाद भएको र सबै शब्द नेपालीमा लेख्न गाह्रो भएकाले केही त्रुटी हुनसक्छ। कृपया यस्तो भएमा सच्याइदिनु होला।)



धन्यवाद

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...