सपना रसातलको
सपना रसातलको
डा सन्देश दाहाल
रसातल, पाताल वा नर्क साँच्चै होला त? कि
काल्पनिक कुरा होलान? हामी कथा पढ्छौँ, मनन गर्छौँ। म त काम गर्ने मानिस, यी त
धार्मिक प्रसंग भए। म त बिहान उठ्छु, मुख धुन्छु, मेरो मन्दिर जान्छु, शरीरमा शक्ति
रहेसम्म र घडीमा केहि पल रहेसम्म उतै बिताउँछु। उज्ज्यालोमा घर आउँदा छोरीहरुले
आश्चर्य मान्दै सोध्छन, “बाबा सुर्यास्त भएकै छैन त।“ चीरनिँदको काखमा मस्त उनीहरुको
ललाट चुम्नमात्र मेरो सौभाग्य हुन्छ ज्यादातर।
मेरो स्वर्ग मन्दिरमा अचम्मको पद्दति छ, केबल सेवा
गर्ने । वास्तवमा गीताको श्रीकृष्ण मुखारबिन्द भएको पर्याय हो मेरो मन्दिर, शुन्य आशक्ति-आसामा
कर्म गर्ने गराउने। ज्ञान नै मेरो मेवा हो, त्यही मेवा म मेरो जीवन भार्या र लालाबालाहरुलाइ
खुवाउँछु। मैले आजकल भोजन पनि त्यही ज्ञानको भन्डारबाट गर्छु। भोलि मेरो छोरीको
जन्मदिन छ, मसँग केबल यहि ज्ञानको भन्डार छ, उनलाइ जन्मदिनको उपहार दिन। ज्ञानको भन्डारले
लटरम्म नपुगेको बेला बाबुआमासँग गौरवपुर्ण लाचार मृदुमुस्कान दिन्छु। चाउरी परेका अनुहारका
बुबाआमा अहिले जसले मेरो टेको लिनुपर्ने हो, वहाँहरुले कारुणिक अनुहार लगाएर “प्रसादम्
परमो धर्मम्” भनेर यसो दया गर्नुहुन्छ बेलाबेला।
मेरो मन्दिरमा थरीथरी देवताहरु छन। कोही शनि कोहि
शुक्र। आक्कल झुक्कल दुर्बल दुर्लभ बृहस्पति, जसमा शनिभयको चर्को प्रकोप छ, अर्थमा
ब्रम्हहीन कान्तिक्षयित बृहस्पति। केतुप्रभावले सबै ग्रहदिशा उल्टो गति छ, असल
तेजोबध कालरात्री उन्माद। धुम्रकेतुहरु सेवामेवाको पत्रमन्जुरीसहित आबेग मुद्रामा
तैनाथ हुन्छन्, निर्बल भक्तआहुति रसस्वादन हेतु। उन्मादीहरुलाइ जिम्मेवारी र
कर्तब्यबोध कदापि नहुने रैछ, क्षणिक स्वास र योग रहुन्जेल सत्ताशक्ति माथमा
भक्तहरुमा भय दिएर भष्मचक्र चलाउने रैछन।
एकदिन अचम्म भो, भक्तजनलाइ प्रसाद दिने कुरा
चल्यो। भक्तिभाव गनियो। भक्ति र श्रद्दा धेरै धेरै गरिएछ धेरै गनिएछ, धोखाधडी भएको
निधो गरिएछ। अब त मन्दिरमा पाइने सबभन्दा ठुलो उपहार पनि पाइयो, धोखाभक्तिको। अतिभक्ति
त धोखाधडी भएछ। अब त मन्दिर देखेर घीन लाग्नथाल्यो। मन्दिरको त के दोष, यसमा त
हजारौँ असहायको सास बाँचेको छ। तरमारा नक्कली भष्मासुर भगवानहरुको नांगो चरित्रले सम्पुर्ण
धर्तीनै शरमाएको भान हुँदै छ। आस्थालाइ भास्दै रसातलमा पुर्याएर बध गर्ने भृंगीहरु
तान्डवमा मस्त छन, कालरात्रीको त्रास छ।
झँल्याँस्य भएर उठेँ, धत सपना पो रहेछ कस्तो
नराम्रो, रसातलको। टि भी खुल्लै रहेछ, समाचार आइरहेको थियो,”टुकुचा फेला पर्यो रे।“
मनमा आनन्द भइरहेको थियो समाचारको आसयले। सयौँ बर्ष कालरात्रीको भुमरीमा दबाइएको
टुकुचा खोला पनि कुनै दिन त फेला पर्दो रैछ त। इन्तजार छ त त्यो कालरात्रीको अन्त र
त्यसको मुखारबिन्द प्रस्फुटित चिख र आर्तनादको
अस्तु
Comments
Post a Comment