Skip to main content

मानिसहरु भ्रम वा षड्यन्त्र सिद्दान्त (conspiracy theory) मा किन विश्वास गर्छन्?

https://swasthyakhabar.com/story/35061

मानिसहरु सधैँ सत्य कुरामा विस्वास गर्दैनन्। कति मानिसहरुलाइ सत्य कुरा थाहा नभएर भ्रममा विस्वास गर्दछन। कति मानिसहरु सत्य कुराको जानकारी भएर पनि बिभिन्न कारणले भ्रममा बिस्वास गर्दछन। बिशेष गरी आम मानिस संकटमा भएको बेला जस्तो महामारी, युद्द, ठुलो सामाजिक आपराधिक घटना आदि जस्ता बेलामा भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा ब्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आम मानिसको हात हातमा भएको बेला यो कुरा फिँजाउन झन सजिलो भएको छ।

के हो त षडयन्त्र सिद्दान्त(Conspiracy theory)

कुनै घटनाको सम्भावित कारणको जानकारी र यथेष्ट प्रमाण हुँदाहुँदै पनि उक्त घटना कुनै अन्जान ठुलो वा शक्तिशाली समुहले बिशेशः त राजनैतिक उद्देश्यका कारण षडयन्त्रपुर्बक गरायो होला भनेर ब्याख्या गरिने सिद्दान्त नै षडयन्त्र सिद्दान्त हो।

उदाहरणका लागि सडकमा दुर्घटना भएर एक युवाको मृत्यु भयो। अब त्यो मृत्यु भएको युवाले दुर्घटनाको बेला रक्सी सेवन गरेको पनि देखियो, र ज्यादा स्पीडमा सवारी गलत साइडमा हाँकेको पनि थाहा लाग्यो।  तर ऊ चाहिँ सम्बन्धित ठाउँको ठुलो मानिसको छोरा रहेछ भने, अब उसको मृत्युको कारण बुझ्दाबुझ्दै पनि यो चाहिँ दुर्घटना नभएर कसैले उसलाइ मारेको हो भनेर विस्वास गरिने सिद्दान्त नै षडयन्त्र सिद्दान्त हो।

तथ्यांक हेर्ने हो भने अमेरिकामा नै करिब ५०% को हाराहारीमा मानिसहरु एक वा अर्को कन्सपिरेसी थेउरीमा विस्वास गरेर बसिरहेका हुन्छन। अमेरिकामा भएका गोलीकाण्ड सरकारले नै गराएको हो बनेर दृढ विश्वास गर्ने आम मानिस पनि धेरै देखिएका छन।

समाजमा कुन बेला यस्तो सिद्दान्तले महत्व पाउँछ त?

धेरै मानिसहरुलाइ असर गरेको वा गर्ने घटना, जसमा सानो तिनो कारण अपर्याप्त जस्तो देखिन्छ।

यस्तो परिस्थिती जसमा मानिसलाइ अनिश्चितताको पीडाले जलाइरहेको र तर्साइरहेको हुन्छ। 

 

यसको कारणहरु के के हुनसक्छन त?

कारण केलाउने मनोवृर्ति-

मानिस जन्मजात नै चेतनशील प्राणी हो, उसले सधैँ आफ्नो वरीपरी के भइरहेको छ भन्ने कुरा नियालिरहेको हुन्छ, र त्यो किन भइरहेको होला भनेर कारण पनि खोजिरहेको हुन्छ। उसले कारण के विश्लेषण गर्छ भन्ने कुरा उसको शिक्षा, ज्ञान र अनुभवले निर्धारण गर्छ। कुनै कुराको प्रष्ट कारण थाहा भएन वा कारण खोज्न पर्याप्त समय वा मिहिनेत दिन सकिएन भने मानिसले “कोही शक्तिशालीले स्वार्थ पुरा गर्न गरायो होला।“ भन्ने निष्कर्ष निकाल्न सजिलो ठान्छ। विज्ञानको कम ज्ञान, कम तर्क क्षमता र परिवर्तनको तनाव झेल्न गार्हो हुने व्यक्तित्व भएका मानिसहरुको हकमा यस्तो सिद्दान्त बनाउने र बिस्वास गर्ने सम्भावना ज्यादा हुन्छ।

तर्क क्षमता कम हुने मानिसहरुले यस्तो षड्यन्त्र सिद्दान्तमा विस्वास गर्ने अर्को कारण भनेको, निर्णयमा पुग्न गर्ने अध्ययनगत त्रुटी पनि हो। मानिसहरु अक्सर यस्तो कुरामात्र पढ्छन वा खोज्छन जसले उनीहरुको हालको विश्वासमा मद्दत गरोस। यस्तो बानीले त्यो गलत कुरामा विस्वास मात्र बढाइरहेको हुन्छ।

अस्तीत्वको आकांक्षा

मानिसहरुलाइ सुरक्षित रहने चाहना हुन्छ। सुरक्षित रहने तरिका भनेको खतरा चिन्ने नै हो। जसले षड्यन्त्र सिद्दान्तमा विस्वास गर्छन, उनीहरुलाइ आफ्नो मनमा लाग्छ कि उनीहरु शत्रु चिन्छन र अव जोगिन सजिलो छ। यो सोचाइले उनीहरुलाइ मनमनै निश्चिन्नतताको भावना त देला, तर उनीहरु गलत कुरामा विस्वास गरिरहेकोले खास खतराको अझ नजिक हुन्छन।

 

सामाजिक मनोबैज्ञानिक कारण

मानिसहरु सामाजिक कारणले पनि यस्तो भ्रममा विश्वास गरिरहेको हुन्छन। कारण खोज्न नसक्ने, वा समय नदिने कति मानिसहरु भन्छन, ”सबैले मानेका छन्, त्यसैले कुरा सही होला।“

मानिसहरुमा यो पनि भावना हुन्छ कि फरक वा आम धारणाको बिरोधी बिचारले आफु वा आफ्नु समुहलाइ समाजमा नयाँ परिचय दिन्छ वा स्थापित गर्छ। यही मनिबिज्ञानका कारण मानिस वा समुहले षड्यन्त्र सिद्दान्तलाइ बढावा दिइरहेको हुन्छ। राजनितिमा पनि चुनाव आफुले हारेमा आफ्नो जनपकड वा एजेन्डा कम छ भनेर स्विकार गर्नुको सट्टा अर्को पार्टीले बुथ कब्जा गर्यो वा इन्टरनेट ह्याक गर्यो भन्न सजिलो छ।

मुलधारमा ओझेलमा परेका अस्तीत्व गुमाएर मनोबैज्ञानिक कुण्ठामा बसेका मानिसहरुको लागि आफुलाइ समाजमा स्थापित गराउने मौका नै बन्छ यस्तो भ्रम, विशेषगरी समाज नै कुनै समस्यामा छ भने।

 

गलत मनसाय

समाजमा संकट भइरहेको बेलामा मानिसलाइ जीवनयापनमा सकस परिरहेको हुन्छ। कुनै रोग समाजमा ब्याप्त छ र त्यसको भरपर्दो औषधी बनिसकेको छैन भने केही मानिसहरु यही षडयन्त्र सिद्दान्तको हल्ला समाजमा ब्याप्त पारेर आफ्नो भ्रम बेचेर त्रसित मानिसहरुबाट फाइदा लिइरहेका हुन्छन। उनीहरु कुर्लिएर आफ्नो वकालत गर्छन किनभने समग्र मुलधारसँग समेत त्यस्ता प्रश्नको सही उत्तर हुँदैन।

संकटमा झुठ फैल्याएर मानिसहरुलाइ जानाजान बिपत्तीमा पार्ने र उनीहरु बिपत्तिमा परेको हेरेर मनोरंजन लिने बिकृत मानसिकता भएका मानिसहरुले पनि यस्तो भ्रम फिँजाउने गरेको केही अध्ययनहरुले देखाएका छन।

 

अहिले यो कुरा किन केलाउन आवस्यक छ त?

कोरोना महामारीमा विश्व पिल्सिरहेको र सर्बतिर अन्यौल भएको बेला नेपालमा कहिले नाम नसुनिएका, कहीँ नपढेका, कुनै काउन्सिलमा दर्ता नभएका, सपनामा भगवानले मलाइ चिकित्साशास्त्र पढाएको भन्ने सम्मको लोभीपापी  र हुनसक्छ मानसिक रुपमा बिक्षिप्त मानिसहरुबाट आफुलाइ डाक्टर बैज्ञानिक भनेर सोसल मिडियामा छाएका छन्। वास्तविक कुरामा बिचारै नगरी उनीहरुलाइ मसिहा ठान्ने आम मानिसहरु मात्र होइनन्, पत्रकार, शिक्षक, आदि जस्ता पढेलेखेका मानिसहरु पनि छन।

उनीहरुले बोलेका कुरा सत प्रतिसत झुठा हुन भन्ने जान्न गुगल हेरे पुग्छ। तर पढेका मानिसहरुसमेत त्यति गर्ने मिहिनेत गर्दैनन। केही उदाहरण दिन चाहन्छु,

१.      कोरोना भाइरस छैन- बैज्ञानिकले पुष्टी गरेको र आनुबांसिकी समेत जानकारी भइसकेको भाइरस।

२.     कोरोनाले कोही मर्दैन- कोरोनाले २०-३० बर्षको केही रोग नभएको मानिस पनि मरेका छन। मुटुरोगी र ६० कटेका कोरोनाको बिरामी मर्नु प्राकृतिक हो भनेर कुतर्क गर्ने हो भने त ठिकै हो, नत्र धेरै संक्रमितको मृत्यु भएको छ।

३.     पिसिआर भ्रम हो- पिसिआर जिवाणु थाहा पाउने मध्येको सबैभन्दा भरपर्दो उपाय मध्ये एक हो। क्षयरोग पनि पिसिआर बाट जाँचिन्छ।

४.     कोरोनाको मृत्यु भनेर मानव अंग तस्करी हुन्छ- मानव अंग जीउबाट निकालेको १-२ घन्टाभित्र अर्को मानिसको जिउमा प्रत्यारोपण गरिसक्नुपर्ने हुन्छ, दुबै मानिसको एकै पटक अपरेसन गर्नुपर्छ। अंग कुनै चाउचाउ जस्तो होइन, प्याकेटमा राख्ने र भोक लागेको बेला प्याकेट फोडेर खाने। यस्तो कुरा गर्ने फटाहालाइ सीधै लगेर आजीवन थुनिदिए हुन्छ। 

५.     बिल गेट्सले भ्याक्सिन भनेर चिप्स फिट गर्दैछ- नेपालीको तथ्यांक संसारमा कसैलाइ चाहिँदा पनि चाहिँदैन, बिकसित विस्वको लागी हामी किरा समान पनि होइन होला। तथ्यांक चाहिएमा मन्त्रालयबाट सजिलै उपलब्ध छ। घुलनशील चिप्स संसारमै बनेको छैन। मुटुको पेसमेकरको ब्याट्री २ बर्षमा फेर्नुपर्छ भने जिवनभर चल्ने माइक्रोचीप हुन्छ भनेर बिस्वास गर्नु भनेको आफ्नो पागलपनको परिचय दिनु भन्दा बाहेक केहि होइन।

६.     जडिबुटीबाट भ्याक्सिन बनाएको रे- जसले जडिबुटी मिसाएर भ्याक्सिन बनाएँ भन्छ, उसलाइ भ्याक्सिनको अर्थ नै थाहा छैन। बुझे हुन्छ, त्यो मानिस सतप्रतिसत कि त ठग हो कि त मानसिक सन्तुलन गुमाएको मानिस हो।

७.     यस्ता फ्याक्टचेकहरु धेरै छन, यी त उदाहरण मात्र हुन्। युट्युबमा आफुलाइ डाक्टर बताउने यस्ता भ्रमका ब्यापारीहरुको कुरा र उनीहरुको परिचय यसरी नै फ्याक्ट चेक गर्न मिल्छ। यिनीहरुको कुरा गम्भिर भएर सुन्नुभयो भने षडयन्त्र सिद्दान्त दिनुपर्ने माथीका कारणहरु मध्ये कुन हो तपाइँले थाहा पाउन सक्नुहुनेछ। उनीहरुको परिचय पनि सोधौँ, को हुन उनीहरु।

देसमा मात्र होइन, संसारमा नै संकट छ। सरकार अकर्मण्य होला, मानिसलाइ जीवन-यापन गर्न धौधौ होला, खान नपाएर पीडा भएको होला। । थप लकडाउन गर्ने नगर्ने, आर्थिक सामाजिक कुरा कसरी अगाडी बढाउने, अस्पतालको सेवा कसरी सुचारु गर्ने, मानिसहरुलाइ सामाजिक-आर्थिक रुपमा कसरी टेवा दिने, समाजमा एकले अर्काको मद्दत कसरी गर्ने आदि जस्ता बहस गर्नु जरुरी छ। यी रचनात्मक बहस हुन। यसले सबैलाइ फाइदा गर्छ।

तर यसको सट्टा युट्युबमा रातारात भाइरल देखिएका शिक्षा-दीक्षा नभएका, सामाजिक आधार उत्तरदायित्व र परिचय केही नभएका आकासबाट अकस्मात फलेका सडकछाप बैज्ञानिक र स्व-घोषित झारपात डाक्टरको कुरा शेयर  गर्ने र यसको आधारमा आम धारणा तय गर्दै जाने हो भने आत्महत्या गरेको सरह हुने निश्चित छ।

 


Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...