Skip to main content

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता


डा सन्देश दाहाल



पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो।


पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगायत रातोपाटी सम्पुर्ण मिडिया हाउस अहेब र डाक्टरको भेद थाहा नभएका दरिद्रहरुको झुन्डमात्र हो, जसले पत्रकारिताको आवरणमा आफ्नो अल्पबुद्दीले देशलाई दिग्भ्रमित गरिरहेछ। यस्तो हैन भने त यो समाचारले झन डरलाग्दो अर्थ बोकेको छ, समातिएको ब्यक्ति अहेब भनेर जान्दाजान्दै पनि लेखको शीर्षकमा डाक्टर लेखेर समाजमा भ्रामक उत्तेजक समाचार बिकाउने।अज्ञानता त क्ष्यम्य होला, तर समाचार बिकाउने नाममा भ्रमको खेति नै गरेको हो भने त त्यो केबल अपराध हो। 


नेपाली मिडियाको बिश्लेशण गर्ने हो भने यसमा दुबै तत्व हुनसक्छ, अल्पज्ञानको दरिद्रता र जानाजान झुठको खेति गर्ने अपराध।यो कथा भने रातोपाटीको मात्र होइन है। नेपालको एक नम्बर दावी गर्ने कथित राष्टिय मिडिया हाउसहरु पनि यो समस्याका हिस्सा हुन। प्रशस्त उदाहरण छन् यो बिषयमा। २०७५/०६/०६ कान्तिपुर अनलाइनमा एक समाचारको शिर्षक छ, “मृत घोसणा गरिएका बालक जीवित भेटिएपछी अस्पताल तनाबग्रस्त/” घटनाको वास्तविकता के हो भने, सर्पले टोकेर मृत ल्याइएका एक बालकलाइ मृत मान्न आफन्तले अस्वीकार गरी गरेको हुलदंगा र तोडफोडलाई “डाक्टरले जिवित र मृत छुट्याइउन नजानेर समस्या भएको जस्तो भ्रामक तरिकामा प्रस्तुत गरिएको छ। 


केहि समय अघी मनमोहन अस्पतालको प्रसंगमा एकजना बिरामीको मृगौलाको पत्थरीको अपरेसनको क्रममा रक्तश्राब ज्यादा भएर ज्यान बचाउनको निम्ति मृगौला नै निकाल्नुपर्ने स्थिति आयो। परिवारको सहमतिमा मन्जुरिनामा लिएर मृगौला निकालियो। बिरामी निको भयो, घर गयो। पछी के भयो कुन्नि, फेरी बिरामीको त्यो समुह मनमोहन अस्पताल आन्दोलन गर्न आइपुग्यो। त्यस बखतका सबै पत्रिकामा समाचार आए, “मनमोहन अस्पतालले मृगौलाको चोरी तस्करी गर्यो।” केहि समाचारपत्रको समाचार साभार गर्दा, ई-रातो खबर- “मिर्गौला तस्करी गर्दै मनमोहन अस्पताल।” एभरेस्ट दैनिक,”मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानबिन समिति गठनको माग।” सेतोपाटीलाइ अनलाइन पत्रिकाहरु मध्येको सबैभन्दा बिस्वाशनीय मानिन्छ। मनमोहन प्रकरणमा सेतोपाटीको समाचार,”मनमोहन अस्पातालमा पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो, बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड।”


सत्यतथ्य थाहा पाउन पछी मन्त्रालयको संयोजकत्वमा छानबिन समिति बन्यो, सबै कुराको खोजबिन भयो। झिकेको मृगौला फर्मालिनको बट्टामा अस्पतालमा नै थियो, ज्यान बचाउन मृगौला निकाल्नुपरेको हो भन्ने प्रमाणित भयो। छानबिन समितिको निष्कर्ष समाचार बनाउने आँट न त पत्रिकाले गरे, न त यसको निष्कर्षको बारेमा समाचार पढेका जनताले नै जान्न खोजे। त्यहि समयको भ्रामक समाचार पढेर आज पनि धेरै नेपाली नेपालमा मृगौला तस्करी हुन्छ भनेर बिश्वास गर्छन। 


२०७५/०२/२२ नागरिक दैनिकमा आएको समाचारको शिर्षक छ, “बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने बीर अस्पतालको दुइ डाक्टर फन्दामा।” यसै समाचारमा आएका आरोपिका दुइ नामहरु डाक्टर हैनन्, इमर्जेन्सीमा काम गर्ने सहयोगी हुन्, यसमा डाक्टर सामेल छैनन्/ ‘नागरिक’ देशको कथित उच्च कोटिमा गनिने पत्रिका हो। अर्को समाचार छ २०७५/०३/३० गतेको अन्नपुर्ण पोस्टको, “चिकित्सकको गम्भीर लापरबाही: स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु।” यत्रो पत्रिकाले स्वास्थ्य चाैकीमा डाक्टर हुँदैनन् भन्ने हेक्का राखेन वा यति ज्ञान भएको कोही मान्छे अन्नपुर्ण पोस्टमा छैनन्। समग्रमा पत्रिकाका स्वास्थ्य सम्बन्धित समाचार प्राबिधिक चस्माले हेर्ने हो भने नब्बे भन्दा ज्यादा समाचारमा त्रुटी भएको पाइन्छ। 


नेपालमा मेडिसिनको पढाइ विस्वस्तरको हुन्छ, पठनपाठनका सामग्रीहरु अमेरिका वा बेलायतको कुनै विश्वविद्यालयको समान हो। प्रजातन्त्रपछी देशले सबभन्दा ठुलो फड्को मारेको भनेको स्वास्थ्य क्षेत्रमा नै हो। एपेन्डिक्सको अपरेसन नहुने देशमा आज ९८% सफल मृगाैला प्रत्यारोपण हुन्छ। देशको आम शिक्षाको गुणस्तर हेर्ने हो भने एसएलसीमा अपेक्षित बिद्यार्थी पास गराउन नसकेर पास फेल नभएको ग्रेड प्रणालीमा गएको छ देश, अर्थात समग्र शिक्षा प्रणाली नै फेल भएको छ। डाक्टरको शिक्षा र आम नागरिकको ज्ञानको खाल्डोलाइ मिडिया पत्रकारिताले परिपुर्ती गर्नुपर्नेमा यहाँ झन उल्टो छ। 


रत्नपार्कको फुटपाथमा बोरा फिँजाएर बिना ग्यारेन्टीको सामान बेचेर दुइ पैसा कमाउने ठग पसलेजस्तो समाचार बेच्न देशको ठुला मिडिया हाउसलाइ सुहाउंदैन होला सधैंभरी पक्कैपनि। जिम्मेवारी वहन गरेर सही र सत्य समाचार दिएर मात्र सबैको इज्जत र गरीमा रहन्छ। 




Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...