Posts

Showing posts with the label Society

लाटो देशमा भेडाको कथा: ओरिजिनल र प्रिभिजनल सर्टिफिकेटको प्रसंग

Image
डा सन्देश दाहाल  माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ| यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो| बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ| एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो हालेर दिक्क लगाउने रहेछ| अरु बेला त ठिकै छ, पितृ श्राद्धमा पितृ भोगमा समेत जुठो हालिदिएर त्यो बिरालोले ति ब्राह्मणलाइ दिक्क पारेको रहेछ| सारै गार्हो गराउन थालेपछी उसले कम्तिमा श्राद्धको दिन उक्त बिरालोलाई डोरीले बाँधेर कर्मकाण्ड गर्ने मण्डपको छेउको रुखमा बाँधेर श्राद्ध गर्ने रहेछन| उनले त्यसरी श्राद्ध गरेको उनको छोराले देखेको रहेछ| पछी उनको मृत्यु भयो| घरको बिरालो पनि मर्यो| त्यसपछि छोरोले उनको श्राद्ध गर्नुपर्यो| श्राद्ध गर्नेबेलामा उसले घरको बिरालो मरेको भएर छिमेकीको बिरालो समाएर त्यहि मण्डप छेउको रुखमा बाँधेर श्राद्ध गर्न लागेछ| कर्मकाण्ड जान्ने, तर त्यसको पछाडीको कारण र तर्क नबुझ्ने हो भने मानिस बिरालो बाँधेर श्राद्द गर्ने भेंडा भन्दा गतिलो हुँदैन| 

जेनेरिक औषधिको बहस

Image
डा. सन्देश दाहाल   अहिले बजार तातिरहेको एउटा बहस छ , औषधि जेनेरिक नाममा लेख्ने कि ब्रान्ड नाममा। यो लेख लेख्नु अगाडी एउटा कथाबाट सुरु गर्न चाहन्छु। एउटा गाउँमा एउटा फटाहा मान्छे बस्थ्यो। साँझ परेपछि “स्याल आयो” भनेर ठुलो हल्ला गर्थ्यो। गाउँमा स्याल लागेको भनेर गाउँमा पुरै हल्ला भयो। अनि सबै सुतेको बेला उ छिमेकीको घरमा गएर कुखुरा चोर्थ्यो , र कुखुरा मरेर छिलिसकेपछी अलिकति कुखुराको प्वाँख र रगत कुखुराको खोर छेउमा छोडीदिन्थ्यो। छिमेकीलाई लाग्थ्यो , कुखुरा चोरले लग्यो होला। गाउँको सबैको कुखुरा भटाभट चोरी भएपछी मान्छे जाग्राम बसे , र एकदिन त्यो चोरलाई समाए। यसरी स्यालको नाममा कुखुरा चोर्ने मान्छेको पर्दाफास भयो र गाउँमा कुखुरा हराउन बन्द भयो। अहिले बजारमा हल्ला छ , डाक्टरले कमिसन लिएर औषधि महँगो भएको हो। आफै डाक्टर भएकोले मलाई राम्रो थाहा छ , हल्लाका यी दुइ कथाहरुमा गहिरो समानता छ। कानुनको बर्खिलाप गर्ने गराउने , व्यापार-व्यवसाय वा नाफाको बारेमा केहि नराम्रो भन्ने मेरो उद्देश्य छैन होइन र रहनेछैन भन्ने प्रस्टीकरण सुरुमै गर्न चाहन्छु। यो बहसमा जानु भन्दा अगाडी बुझ्नुपर्ने केहि मुलभूत