Skip to main content

लाटो देशमा भेडाको कथा: ओरिजिनल र प्रिभिजनल सर्टिफिकेटको प्रसंग

डा सन्देश दाहाल 

माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ| यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो| बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ| एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो हालेर दिक्क लगाउने रहेछ| अरु बेला त ठिकै छ, पितृ श्राद्धमा पितृ भोगमा समेत जुठो हालिदिएर त्यो बिरालोले ति ब्राह्मणलाइ दिक्क पारेको रहेछ| सारै गार्हो गराउन थालेपछी उसले कम्तिमा श्राद्धको दिन उक्त बिरालोलाई डोरीले बाँधेर कर्मकाण्ड गर्ने मण्डपको छेउको रुखमा बाँधेर श्राद्ध गर्ने रहेछन| उनले त्यसरी श्राद्ध गरेको उनको छोराले देखेको रहेछ| पछी उनको मृत्यु भयो| घरको बिरालो पनि मर्यो| त्यसपछि छोरोले उनको श्राद्ध गर्नुपर्यो| श्राद्ध गर्नेबेलामा उसले घरको बिरालो मरेको भएर छिमेकीको बिरालो समाएर त्यहि मण्डप छेउको रुखमा बाँधेर श्राद्ध गर्न लागेछ| कर्मकाण्ड जान्ने, तर त्यसको पछाडीको कारण र तर्क नबुझ्ने हो भने मानिस बिरालो बाँधेर श्राद्द गर्ने भेंडा भन्दा गतिलो हुँदैन| 


यो प्रसंग मैले प्रोभिजनल सर्टिफिकेटसंग जोड्न खोजेको हो| प्रोभिजनलको अर्थ भनेको अस्थायी भन्ने हो| कसैले बिश्वबिद्यालयको परीक्षा पास गरेको छ, तर ओरिजिनल सर्टिफिकेट बनिसकेको नहुन्जेल विद्यार्थीले परीक्षा पास गरेको हो है भन्ने प्रमाण स्वरूप दिने सर्टिफिकेट नै प्रोभिजनल सर्टिफिकेट हो| त्यसैले यसको उपयोगिता ओरिजिनल सर्टिफिकेट नबनुन्जेल सम्मका लागि हो| ओरिजिनल सर्टिफिकेट प्राय दिक्षान्त समारोह पश्चात दिने चलन हुन्छ| हामीले प्रमाण पत्र प्रमाणीकरण गर्ने देखि कुनै जागिरको लागि आबेदन दिंदा प्राय सबै ठाउँमा प्रोभिजनल सर्टिफिकेट मागिन्छ| यस्तै केहि घटना भएका छन्, जुन उल्लेख गर्नु अत्यन्तै रोमान्चक र दुखलाग्दा छन्| रोमान्चक यस मानेमा कि भेंडाको दर्शन कस्ता कस्ता ठाउँमा हुन्छ भनेर हो | दुख यस मानेमा हो कि कर्मकाण्डी भेंडाहरुले शिक्षित जनतालाई दुख दिएको अर्थमा| 


म डाक्टर भएकोले यस्ता दुइ डाक्टरको नै प्रसंग उल्लेख गर्न चाहन्छु, जुन मेरा सहकर्मी मित्रले भोग्नु भएको हो| एकजना डाक्टर मित्र बिदेशमा एमबिबिएस सकेर नेपाल आउनुभएछ| सबैलाई थाहा छ, एमबिबिएस पढिसकेपछि काउन्सिलको परिक्षा पास गरेर लाइसेन्स नलिई काम गर्न पाइन्न| बिदेशमा पढेको विश्वविद्यालयले विद्यार्थीलाई पछी दुख हुन्छ भनेर प्रोभिजनल नदिएर ओरिजिनल सर्टिफिकेट नै दिएर पठाएको रहेछ| आम सरोकारका बिषयहरुमा विदेशीहरुको सुझबुझ र भिजन अलि राम्रो नै हुन्छ हाम्रो भन्दा, तेसैले उनीहरु विकशित छन्, हामी दिनदिनै ओरालो लाग्ने क्रममा छौं| उनले फारम भरे अनलाइनबाट मेडिकल काउन्सिलको| अनलाइन निबेदनमा प्रोभिजनल सर्टिफिकेट अपलोड गर्ने भनेको छ| उनले ओरिजिनल सर्टिफिकेट नै पेस गरे| परीक्षा हुने केहि दिन अगाडी काउन्सिलको फोन आयो, ‘तपाईंको प्रोभिजनल सर्टिफिकेट अपलोड भा छैन, छिटो गरिदिनु नत्र परिक्षामा बस्न पाइन्न|’ उनले सयौं पटक ओरिजिनल सर्टिफिकेट भएकोलाई प्रोभिजनल सर्टिफिकेट चाहिन्न भनेर बुझाउन कोशिश गरे, तर सकेनन| विदेशीले चाहिं प्रोभिजनल मात्र दिएर पठाउँदा पछी ओरिजिनल लिन गार्हो र खर्चिलो हुन्छ भनेर सदाशयतापुर्वक ओरिजिनल दिएर पठाए, भने नेपालमा चाहिं भेडाहरुले प्रोभिजनल पेस नगरे परीक्षा दिन नपाउने कुरा बताए | 


अर्को प्रसंगमा नेपाली सेनाले डाक्टरको दरबन्दी प्रकाशित गर्यो| एकजना डाक्टरले फारम बुझाउने निधो गरे| फारम भरे, अनि आफ्ना सबै सर्टिफिकेट फोटोकपी गरेर एटेस्ट गरेर बुझाए| सर्टिफिकेट बुझाउने ठाउँमा बसेका सेनाका महोदयले सर्टिफिकेट हेरे (उनि सेनाको खरिदार तहको हुनुपर्छ, प्राय फारम लिने त्यहि तहका हुन्छन)| सबै सर्टिफिकेट हेरिसकेर उनले यसो मुन्टो उठाएर बोले,”डाक्साब, एसएलसीको प्रोभिजनल त छैन त?’ डाक्टरले भने,’ओरिजिनल सर्टिफिकेट छ त, ओरिजिनल नै छ भने प्रोभिजनल (अस्थायी) सर्टिफिकेट किन चाहियो?’ ति फारममा बसेका महोदयले मान्ने त कुरै भएन| अन्त्यमा केहि उपाय नलागेर ति डाक्साबले ‘सेनाको जागिर आँफै खानुहोस’ भनेर हिंड्नु पर्यो| यस्ता कति प्रसंग छन् कति| ओरिजिनलले नभएर मैले नै प्रोभिजनलको कपि कति ठाउँमा बुझाएको छु (धन्न म संग प्रोभिजनलको कपि सुरक्षित छन्, नत्र यस्ता भेंडाको चक्करमा कति दुख पाइँदो हो)| 


शिक्षा भनेको जीवन पद्दति हो न कि सर्टिफिकेटको थुप्रो| माथिका दुइ प्रसंगका फारम बुझ्ने कर्मचारीहरु कम्ति आइए पास हुन्| नेपालको आइए पासलाइ प्रोभिजनल र ओरिजिनल सर्टिफिकेटको फरक र उपयोगिता थाहा छैन भने हाम्रो आइए तहको शिक्षा कुन हदको छ सहजै अनुमान लगाउन सकिन्छ| यो भन्दा ज्यादा समस्याको कुरा चाहिं के हो भने नीति निर्माण तहमा बसेका त बिशेषज्ञ तहका हुन् नि, उनीहरुले आबेदनको सूचना निकाल्दा प्रोभिजनल भनेको ठाउँमा “प्रोभिजनल वा ओरिजिनल” सर्टिफिकेट भनेर किन ननिकालेका होलान? कि उनीहरुलाई पनि यो थाहा छैन? देशको शिक्षालाई जीवन उपयोगी नबनाएर कर्मकाण्डी बनाइयो भने यसको उत्पादन बैज्ञानिक वा विद्वान नभएर बिरालो बाँधेर श्राद्द गर्ने भेंडा मात्र हुने निश्चित छ| सबैले बेलैमा मनन गरौं| 


धन्यबाद


Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...