लाटो देशमा भेडाको कथा: ओरिजिनल र प्रिभिजनल सर्टिफिकेटको प्रसंग
डा सन्देश दाहाल माफ गर्नुहोला, धर्तीका सबै जीव जनावर जस्तै मेरो हृदयमा भेडाको लागि पनि ठुलो सम्मान छ| यहाँ भेडा केवल प्रतीकको रुपमा प्रयोग गरिएको हो| बच्चा बेलामा सुनेको अत्यन्तै घतलाग्दो कथा छ, जुन मलाई आजसम्म घरी घरी बिभिन्न प्रसंगमा बारम्बार याद आइरहन्छ| एउटा ब्राह्मणको घरमा एउटा बिरालो रहेछ, जसले नछोपेको खानेकुरामा जुठो हालेर दिक्क लगाउने रहेछ| अरु बेला त ठिकै छ, पितृ श्राद्धमा पितृ भोगमा समेत जुठो हालिदिएर त्यो बिरालोले ति ब्राह्मणलाइ दिक्क पारेको रहेछ| सारै गार्हो गराउन थालेपछी उसले कम्तिमा श्राद्धको दिन उक्त बिरालोलाई डोरीले बाँधेर कर्मकाण्ड गर्ने मण्डपको छेउको रुखमा बाँधेर श्राद्ध गर्ने रहेछन| उनले त्यसरी श्राद्ध गरेको उनको छोराले देखेको रहेछ| पछी उनको मृत्यु भयो| घरको बिरालो पनि मर्यो| त्यसपछि छोरोले उनको श्राद्ध गर्नुपर्यो| श्राद्ध गर्नेबेलामा उसले घरको बिरालो मरेको भएर छिमेकीको बिरालो समाएर त्यहि मण्डप छेउको रुखमा बाँधेर श्राद्ध गर्न लागेछ| कर्मकाण्ड जान्ने, तर त्यसको पछाडीको कारण र तर्क नबुझ्ने हो भने मानिस बिरालो बाँधेर श्राद्द गर्ने भेंडा भन्दा गतिलो हुँदैन|...