Skip to main content

कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?

डा सन्देश दाहाल 

कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाइ “सामान्य रुघाखोकि” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियंत्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकि चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रोलागी तयारीको ठुलो अवसर हुंनसक्थ्यो। तर समयमा सोच्न नसक्ने वा परिस्थितिको गम्भिर्यता बुझ्न नसक्ने देशमा अब ठुलै दुर्घट्ना नहोला भन्न सकिने अवस्था रहेन।

कोरोना रोगको बारेमा सामान्य जानकारी! 
यो एक प्रकारको आरएनए भाइरसले हुन्छ। 
खोक्दा र हाच्छयु गर्दा एक मानिसबाट अरुलाइ सर्छ। 
शरिरबाट निस्केको भाइरस तिन दिनसम्म घरको बिभिन्न भागमा हुनसक्छ! जस्तै कपडा, ढोकाको चुकुल वा सांचो आदि। 
कोही मानिस संक्रमित भएको 14 दिनसम्म लक्षण नदेखिन सक्छ, यो अवस्थामा संक्रमितले थाहा नपाइ आफ्नो वरिपरि घर र छर-छिमेकमा अरुलाइ रोग सारिरहेको हुन्छ। 
यसका लक्षणहरु भनेको सुक्खा खोकि लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने आदि। 
अझ सिकिस्त हुंदै गएमा छातीमा गर्हुंगो हुने, शरिर शिथिल हुंदै जाने, ओठ मुख निलो हुने आदि लक्षण देखिन सक्छ। 
सम्भवित लक्षण भएकाहरुलाइ घाटीको स्वाब वा खकार लिएर पिसिआर बिधि वा संक्रमितको रगतमा एंटिबडी हेरेर पनि जांच गर्न सकिन्छ! देश रसुबिधा हेरेर रिपोर्ट लिन केहि घन्टा देखि केहि दिन लाग्न सक्छ। 
भाइरसको जिनमा हुने परिवर्तन (म्युटेसन) को कारण सबै ठाऊमा रोगको एकै लक्षण नहुन सक्छ! चीन र आज युरोप हेर्दा बिरामीको प्रकृति र मृत्यु दर फरक हुनुको एउटा कारण यो पनि हुनसक्छ। 

कोरोनाको औषधी छ त? 
केहि औसधीहरु ट्रायलमा छन तर सिफारिस गर्ने तहमा बिकास भएका छैनन! खोपको परिक्षण पनि यदाकदा सुनिन्छ! तर यसको अहिले सम्मको उत्तम उपाय भनेको लाग्न नदिने, अरुलाइ नसार्ने र देशकै तहमा महामारी रोकथाम र उपचारको तयारी गर्ने नै हो ।

संसारमा कोरोनाको तथ्यांक के छ त? 
डिसेम्बर 26 मा चीनमा अनौठो न्युमोनियाको 4 बिरामी भेटिए! त्यस्को दुइ दिनपछि 3 अरु बिरामी भेटिए। 
त्यसको करिब 7 दिनमा छेउको माछा बजार बन्द गरेर भाइरस पत्ता लगाएर, त्यसको जांच गर्ने बिधि निकाल्दा सम्म बिरामीको संख्या करिब 250को हाराहारीमा थियो। 
त्यसको दुइ हप्तामा वुहान सहर बन्द गर्ने घोशणा गर्दा बिरामीको संख्या 2500 भन्दा ज्यादा भैसकेको थियो। 
83 लाख जनसंख्या भएको शहर तुरुन्तै बन्द गरेर ठुलो प्रयास गर्दा चीनमा संक्रमित 81 हजारको हाराहारीमा छ (जनसंख्याको 10 प्रतिसत) 
इटालीमा फेब्रुअरि 15 देखि देखिएको संक्रमण करिब 5 हप्तामा बढेर 60 हजारको हाराहारीमा पुगेको छ! एक दिनको संक्रमण 6 हजारको हाराहारीमा छ। 
संसारका धनि गरिब गरेर करिब 190 देशमा करिब साढे तीन लाखलाइ संक्रमण भैसकेको छ! मृत्यु करिब 15 हजार । 
हाल भएका बिरामीमा 95% ठिकै अवस्थामा र 5% सिरियस अवस्थामा छन जसलाइ आइसियु चाहिन्छ! निधो लागिसकेका (मृत्यु वा निको भएका) करिब सवा एक लाख बिरामी मध्ये 87% निको भएका छन, र 13% को मृत्यु भएको छ । 
कुनै देशमा प्रकोप छिरिसकेपछि त्यो देशमा संक्रमण हुन सक्ने प्रतिशत 25 देखि 75 % सम्म भनिएको छ। 



नेपालको बारेमा कोरोना चित्र के होला त? 


संसारको 190 देशमा कोरोनाको संक्रमण छ, हाम्रै छिमेकि देशबाट सुरु भएको! एक हप्ता अगाडीसम्म बिभिन्न देशबाट हवाइ मार्गबाट करिब 3000 मानिस आउने देशमा कोरोना छैन होला भन्नु कि त मुर्खता हो कि त झुठ। 
नेपालको जनसंख्या 3 करोडमा करिब 25% संक्रमण भएमा पनि करिब पचह्त्तर लाख मनिसहरु संक्रमित हुनसक्ने सम्भवना छ! राज्य वा आम नागरिकको लापर्बाहिले यो संख्या बढ्न सक्ला । 
संक्रमितको 5% सिरियस भए भने पनि करिब साढे तीन लाख नेपाली सिकिस्त आइसियु चाहिने अवस्थामा पुग्न सक्ने सम्भावना छ । 
मृत्युदर 4% राख्ने हो भने पनि यसले करीब साढे दुइ लाखको हताहती हुनसक्छ । 

नेपालको हालको तयारी अवस्था के छ त ? 
हाल सम्मलाइ टेकु अस्पतालमा जांच गर्नमिल्ने प्रयोगशाला छ, जसको अधिक्तम क्षमता 50 देखि 100 प्रतिदिन भनिएको छ। 
अरु तीन अस्पतालमा प्रयोगशाला बिस्तार गर्ने भनिएको छ, कहिले हुन्छ त्यो भन्न सकिने अवस्था छैन । 
केहि अस्पतालमा केहि आइसोलेसन बेडहरु तोकिएका छन। 
काठ्मान्डुको सबै अस्पतालको आइ सि यु 300 भन्दा ज्यादा छैन । 
उपचार कसले गर्ने भन्दा, छात्रबृत्तिमा एम डि वा एम एस गरेका डाकटर भनिएको छ । 
शंकास्पद संक्रमित अस्पताल कसरी के मा जाने कसैलाइ थाहा छैन ! एम्बुलेन्समा जान चालकलाइ खतरा, सर्बजनिक यातायातमा आम नागरिक लाइ । 
करिब 150 देशमा संक्रमण भैसकेपछि पनि नेपालको सीमा खुल्ला थियो! जहा बाट एक साता अगाडि सम्म हवाइ रुट र जमिन बाट नेपाल छिरेका हज्जारौ मानिस पत्ता लगाउने केहि उपाय छैन! 
काठ्मान्डु बन्द भैसक्ता पनि करिब हिजो आज मात्र जमिन सीमाबाट नेपाल आएका हज्जारौ मानिस कहा छन कसैले भन्न सक्ने अवस्था छैन ! 
सम्भवत हाम्रो मात्र यस्तो खुल्ला देश होला, जहा बिमानस्थल लकडाउन भएको बेला पनि एयर कंट्रोलरको अनुमति बिना बिमान ल्यांड गराएर सयौ यात्रु झारिन्छ ! 
अस्पतालमा बेड भनिएको छ, तर उपचार गर्ने स्वस्थ्यकर्मिको सुरक्षाको बारेमा केहि बोलिएको छैन! 
मन्त्रीहरुको अन्तरवार्तामा कति न ठुलो कुराहरु सुनिए पनि अमेरिका जस्तो देशमा तयारि पुगेन भनिरहेको बेलामा नेपालका निर्णय तहमा बसेकाहरुलाइ यो कुन हदसम्मको समस्या हो र यस्लाइ कुन तहको तयारी आवस्यक पर्छ भन्ने कुराको अलिकति पनि ज्ञान भएको आभास हुंदैन ! 
सवा तीन करोड जन संख्यामध्ये 500 जनामा भएको परिक्षणको परिणाम हेरेर नेपालमा कोरोना छैन भन्ने जुन गफ गरिदैछ, यसले भुसमा बलेको आगो जस्तो फैलिएको त छैन संक्रमण भन्ने ठुलो आशंका दिएको छ। 
एउटा कोरोना सङ्क्रमित को प्रचार गर्न सयौं पत्रकार जम्मा गर्न सरकार नै लागि परेको छ। र पत्रकार पनि हुल लागेर गएका छन्। बिपद ब्यवस्थापनमा सरकारी स्तरमा भएका र सुचना प्रवाह गर्ने तहमा कुन गम्भिरता र दिमाग छ, त्यो यहि कुराले प्रमाणित गर्दछ। 
क्वारेन्टाइन मा भएका मानिसहरु हुलका हुल भागेका भिडियो सार्वजनिक भएको छ। लकडाउनमा मानिसहरु घुम्न, पिकनिक खान र बजार भर्न गएका छन्। जनमानसलाई यो कति घातक हो भन्ने हेक्का छैन। 

स्वास्थ्यकर्मिको सुरक्षा सवाल किन महत्वपुर्ण छ? 
एक संक्रमित सामान्य मानिसले घरपरिवार वा साथि अरु दुइ चार जनालाइ सार्ला, तर एक संक्रमित
स्वास्थ्यकर्मिले सयौ स्वस्थ मानिसलाइ संक्रमण सार्न सक्छ ! त्यसैले स्वास्थ्यकर्मिमा संक्रमण नहुनु ज्यादा जरुरि छ! 
सुरक्षा कवच नदिएर जबरजस्ति काम गर्दा नेपालको आम जनता महामारीमा पर्नुभन्दा पहिले नै सबै स्वास्थ्यकर्मि महामारिको चपेटामा परेर सखाप हुन्छ! अनि त्यसपछि उपचार कसले गर्ने ? 

अन्य देशमा के गरिरहेछन? 
चीनमा रोग नियंत्रणमा आउने चरणमा छ! उनिहरुले सबै शक्ति लगाएर उपचार गर्ने, 60 लाख भन्दा ज्यादा मानिसलाइ लक डाउन गर्ने देखि सबै प्रयास गरे ! चीनमा कोहि परिवारको एक जना मात्र तीन दिनमा एक दिन मात्र घरबाट खाद्य सामग्रि किन्न जाने छुट थियो ! 
सुरुवाती चरणमा बेवस्ता गरेको कारण इटाली, ईरान र अ‍मेरिकाले ठुलो चुनौतिको सामना गर्नु परिरहेको छ! अमेरिकामा आज मात्र एक दिनको संक्रमित संख्या करिब 25 हजार हाराहारीमा छ! अमेरिकामा आज पनि मानिस हरु लकडाउनमा पिक्निक हिडेका छन! तेसैले स्थिति झन भयाबह भएको छ! 
नेपाल संग खुल्ला सिमा भएको भारतमा संक्रमण बढ्दो क्रममा छ ! सम्भव भए पनि नभए पनि उनिहरु लकडाउन गर्ने मनस्थितिमा छन ! भारतको संक्रमण हाम्रो लागि ठुलो चासो चिन्ताको बिसय हो! 
कोरियामा केहि साता संक्रमित संख्या बढ्यो! त्यस्पछि सरकारले प्राय सबै जनाको टेस्ट गर्दै संक्रमित आइसोलेसन गरेर अहिले नियंत्रण भएको छ! 

अब हामीले के गर्ने त? 
संक्रमण सर्न नदिने केहि प्रभावकारी बिधिहरु भनेको हात धुने र सामाजिक दुरी नै हो! रुघाखोकि र ज्वरो भएमा घरमा पनि एक्लै बस्ने! स्वास फेर्न गार्हो भएमा अस्पताल जाने ! राम्रो संग साबुन पानीले दिनमा पटक पटक हात धुने, खोक्दा कुहिनुमा खोक्ने ! अत्यावस्यक बाहेक कसै संग भेट्घाट नगर्ने! घरको ढोकाको ह्यांडल स्पिरिट्ले सफा गर्ने आदि! इमर्जेन्सीबाहेक अरु समय अस्पताल कुनै हालतमा नजाने! 
हाम्रो जस्तो सुन देखि नुन माग्ने देशमा 75 लाख संक्रमित हुनसक्ने वा 4 लाख सिकिस्त हुनसक्ने महामारी आउनु भनेको देश नै सखाप हुने स्थिति हो! त्यसैले घर भित्र बसौ, कुनै हेलचेक्राइ नगरौ, समाजिक दुरि कायम गरौ, हात धुन नबिर्सौ ! हामीले राम्रो संग समाजिक दुरि कायम गरे संक्रमित संख्या बढ्ने दर कम हुन्छ, जस्ले गर्दा उपचार गर्न वा निगरानीमा राख्न सजिलो हुन्छ! हाम्रो लापरबाहीले संक्रमण एकै पटक हज्जारौ भयो भने अस्पताल, राज्य कसैले ब्यहोर्न नसक्ने अवस्थाको हुन्छ! 
घर मै बसौ, महामारीबाट आफु पनि बचौँ र अरुलाइ पनि बचाऊँ! 

कहर कहिले सकिन्छ? 
यसको उत्तर सजिलो छैन! केहि हप्तामा नियंत्रण हुने भनेको उन्मुलन हुने हैन! अहिले सम्म सबैले मान्दै आएको कुरा के हो भने, एक पटक लागेपछि फेरि लाग्दैन, किनभने हाम्रो जिउमा रोग प्रतिरोधि क्षमताको बिकास हुन्छ! तर यो सत्य नहुन सक्छ! यस्तो भयो भने यो रोगले सताइरहनेछ जब सम्म यसको प्रभावकारी खोप बन्दैन! त्यसैले यो कठिन समय दुइ हप्ता हुनसक्छ वा दुइ बर्ष! 

(तथ्यांकहरु इन्टरनेट र कोरोनासम्बंधी अमेरिकाको सिडिसी बाट लिइएका हुन) 
धन्यबाद

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...