Skip to main content

कोरोना र नेपाली स्वास्थ्यकर्मीहरु

डा सन्देश दाहाल

यो लेख लेख्दासम्म ब्रिटेनको प्रधानमन्त्रीलाइ कोरोना संक्रमण पुस्टी भइसकेको छ। इटाली, अमेरिका लगायत देशमा स्वास्थ्यकर्मीहरु ठुलो सन्ख्यामा सन्क्रमित भएर ज्यान गुमाएका कथाहरु आएका छन।
आज साँझ एक महिला आउनु भयो इमरजेन्सीमा ज्वरो र निल्न समस्या भएर। हेर्दा त न्युरोलोजीकै समस्या देखिन्थ्यो। जाँच गराएर भर्ना गर्ने निर्णय गरियो। तर ज्वरो र खोकी भएकोले कोरोना हो होइन भन्न मुस्किल भयो। वहाँलाइ टेकु अस्पतालले कोरोना जाँच्नु नपर्ने भनेर पठाएको रहेछ। तर हालको अवस्थामा अनुमान कै भरमा उपचार गर्नु त काल निम्त्याउनु नै हो। भर्ना गरेपछि कहाँ राख्ने समस्या पर्यो । कोमल मन, दुइ जना सिस्टरहरु राजी हुनुभयो ड्युटी गर्न, उपलब्ध सामान्य स्रोत लिएर। चिन्ता होला भनेर घरमा फोन पनि गर्नुभएन।
यो आजको एक अस्पतालको एक घटना मात्र नभइ भोलिको दिनमा देशका सबै अस्पतालको नियती बन्ने वाला छ।
तथ्यांक केलाउँदा सन्सार भर नै आम मानिसमा गम्भिर संक्रमण र मृत्यु बुढोपाको उमेरमा हुने भएपनि स्वास्थ्यकर्मीमा कम उमेरमा नै पाइएको छ, र उनीहरुमा रोग झन घातक देखिएको छ। अमेरिकामा सुरक्षा सामग्री नपाएर प्लास्टिक बेरेर उपचार गरेर नर्सको मृत्यु भएको र सयाैँ सन्क्र्मित भएका छन। महत्वपुर्ण तर यति सरल कुरा सरकार र सरोकारवाला किन बुझ पचाएको अभिनय गर्दैछन, बुझेर बुझिनसक्नु छ।

नेपालको सरोकारवालाहरुको स्थिति के छ त?
नेपालको सारोकारवालाहरुको चेतना स्तर निकै दयालाग्दो अवस्थाको छ। कोरोना महामारीको सुरुवाती दिनमा नेपालको पर्यटनमन्त्रीको भाषण आजपनि छापामा छ,”नेपाललाइ कोरोना मुक्त भनेर सन्सारमा प्रचार गरेर नेपालमा पर्यटक भित्र्याउने।" आजकै छापामा स्वास्थ्यमन्त्रीको बक्तब्य छ,”नाम पनि नजान्ने पिइपी (सुरक्षा सामग्रीलाइ पिइपी भनिन्छ) नभइ किचनमा नि काम गर्न नमिल्ने भनेर हल्ला गरिँदैछ रे।" अर्को समाचार प्रकासित भएको छ, “पाल्पामा चौधरी ग्रुपले स्वास्थ्यकर्मीलाइ भनेर पठाएको सुरक्षा सामग्रीको सिल तोडेर जनप्रतिनिधी र प्रसासनका कर्मचारीले मास्क चोरी गरे।" त्यस्तै सुदुर पस्चिमका एक मन्त्रीले भनेको समाचार छ, “अर्को साल कोरोना परिक्षणको लागि बजेट छुट्याएर राख्ने।"

कोरोना नियन्त्रणको तयारी पुरा भयो भनेर अनेकाैँ मन्त्रीले महिनाैँदेखि गफ गरेर पाकेको कानमा हिजो अर्थमन्त्रीको लाजमर्दो बक्तब्य कानमा पर्यो, जसले स्वास्थ्य उपकरण ल्याउन नीजि क्षेत्रलाइ अनुरोध गरेका छन्। कमजोर ब्यवस्थापनबिच काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल गिर्ने कामको उचाइ त्यो दिन भयो, जुन दिन कोरोना पोजिटिभ बिरामीको रिपोर्ट उनकै उपचार गरिरहेका टेकु अस्पतालका डाक्टरले रिपो
र्ट आएको अर्को दिन टिभीमा मन्त्रिको मुखबाट सुने। आम मानिसलाइ अचम्म लाग्ने तर वास्तबिकता के हो भने कोरोना महामारी नियन्त्रण समितिमा स्वास्थ्यका कोही पनि बिज्ञ सामेल छैनन।
समग्रमा भन्दा हामी अज्ञानी नेत्रित्वमा अत्यन्तै खतरनाक महामारीसँग निशस्त्र भिड्ने सपना बुनिरहेका छौ, जुन मुर्खता जस्तोमात्र लाग्छ।




कोरोना उपचार नहुने अस्पतालमा उपचारमा मलाई किन समस्या त?
कोरोना उपचार गरिने तोकिेएका केन्द्रमा त सुरक्षा उपकरण किन चाहियो भन्न नपर्ला अब। तर कोरोनाकै प्रत्यक्ष उपचारमा संलग्न नहुने स्वस्थ्यकर्ममीलाइ अन्य बिरामी हेर्न किन गार्हो त? आम मानिसको नजरमा यो प्रश्न आउनु सामान्य हो।
आज पत्ता लागेको धनगढीको वा धादिंगको वा बाग्लुंगका बिरामीको कुरा गरौँ एकछिन। यी बिरामी केहि दिन अघि बिदेशबाट काठमान्डौ आए, जतिबेला संसारका करिब १५० देशमा कोरोना महामारी भइसकेको थियो। गम्भिर सरकारले गर्नुपर्ने के थियो भने, उनीहरु लगायत बिदेशबाट आउने सबैलाइ आएकै समयमा १४ दिन क्ववारन्टाइनमा राखेर जाँच गर्नुपर्थ्यो। अब उनीहरु नेपाल आए, साथीभाइ भेटे, पार्टी गरे, कति दिन सम्म साझाबस र ट्याक्सीमा पुरा काठमान्डु घुमे, अनि बुद्द एयर र माइक्रोबस चढेर घर गए।
यसको अर्थ, रोगको लक्षण देखिनु अघी नै उनीहरुले सयाैँलाइ सारिसके। यी त नाम थाहा भएका पात्र मात्र हुन, यस्ता बेनाम हज्जारौँ छन नेपालमा।

नेपालको परिक्षणको पोलिसी के छ?


बिदेसबाट आएको संग संगत भएको र कोरोनाको लक्षण मिल्नेको मात्र जाँच गर्ने। अब बिदेशबाट आएको मानिस साझाबसमा सँगै यात्रा गरेको थियो भन्ने कुरा रुघाखोकि लागेको आम मानिसलाइ कसरी थाहा हुन्छ र जाँच गराउने? यसरी सरकारी लापरबाहीको कारणले सन्क्रमित भएर पनि जाँच नभएको ठुलो जमात छ यहाँ ।
अर्को बुझ्नुपर्ने कुरा, घाँटीमा स्वाब लिएर गरिने परिक्षण करिब ७०% मात्र सेन्सिटिभ हुन्छ। यस्को अर्थ भनेको, १०० मा ३० जना मा रोग भएपनि रिपोर्टमा रोग नभएको देखिन्छ। बिदेशमा ती ३० जना नछुटाउन छातीको सिटी स्क्यान र पुन: परिक्षण गरिन्छ। यो कुरा मनन गरेर सरकारलाइ अझ जाँच गर्न सुझाव दिनुपर्ने जनस्वास्थ्यका केहि प्याथोलोजिस्टहरु ३ करोड जनसंख्यामा ५०० वटा टेस्ट गरेर “भाइरस लुकाएर लुक्दैन” भनेर मिडीयामा प्रचारबाजी गर्न लालयित देखिन्छन।
रोकथाम तयारीको प्रसस्त समय र उपायको नजरअन्दाज गरेर देशमा कोरोना स्वागत गरेको सरकारले ठुलो गल्ति गरेको छ। यसको ठुलो मुल्य समग्र देशले, र अझ फ्रन्टलाइनमा स्वास्थ्यकर्मीहरुले चुकाउनुपर्ने भएको छ। बाटोमा, भिडमा, अस्पतालमा संक्रमित कति छन कसैले भन्ने अवस्था छैन।
यस्तो तितो यथार्थमा सेवा भन्दै जे पायो त्यहि गर्नु भनेको सेवा नभइ आफ्नो र आफुले उपचार गरेको बिरामीको जीवनसंगको खेलवाड गर्नु बाहेक अरु केहि हुन सक्तैन।

सुरक्षा सामग्री उपलब्ध नगराइ मुर्खतापुर्ण जवरजस्ती भए के हुन्छ?

तलका मध्ये केहि हुनसक्ला।
 दवाव थेग्न नसकी काम छोड्ने अवस्था। आफु संक्रमित हुने, हजारौँ अरु सामान्य मानिसलाइ नि सार्ने। महामारी रोक्न होइन, फैल्याउन र झन बिकराल गर्न मद्दत गर्ने।  देशमा महामारी फैलिनु अगाडी नै सबै स्वास्थ्यकर्मी संक्रमित भएर देशको स्वास्थ्य प्रणाली नै फेल हुने।
आवस्यक सुरक्षा सामग्री भएमा देशका सबै स्वास्थ्यकर्मी सेवामा दिन रात उत्रिने नै छन्। स्वास्थ्यकर्मीको लगाव आफ्नो कर्तब्यप्रति हुन्छ।

तर कसैले बिना सुरक्षा मलाइ काम गर भन्छ भने, मेरो र मैले हेरेको बिरामीलाइ खतरा त भयो भयो, घरमा लकडाउनमा बसेका मेरो सबै परिवारलाई रोग सारेर ‘बलिदान गर’ भनेको हुन्छ। ल ठिकै छ, मेरो पेसाको लागि मेरो आफ्नो बलिदान त स्वीकार्य होला पनि। तर क्वारन्टाइन नगरेर रोग भित्र्याउने राज्य, स्वास्थ्यकर्मीको मास्क चोरी गर्नेहरु, र कामको सट्टा गफ गरेर तयारी समय खेर फ्याँक्नेहरुको लागि परिवार कसरी बलिदान गर्ने मैले?
लकडाउनमा घरमा बसेर बियर र बार्बिक्यु खाँदै फेसबुके बिद्वता छाँटेर टाइप गरेर गाडी नपाएर २ घन्टा हिँडेर ड्युटी पुगी दिनरात काम गर्ने स्वास्थ्यकर्मीलाइ गाली गर्न जति सजिलो छ, वास्तविकता अलि फरक छ। फेसबुके बिद्व्तामा डाक्टरलाइ गाली गर्ने त्यही दरिद्रले आफ्नु घरबहाल बसेको डक्टरलाइ घर ख़ाली गर्ने उर्दी जारी गरिरहेको छ ।
यस्ता कोही कसैको लहड र मुर्खताले मलाई रोग लागीहाल्यो भने, भोलि मैले परिवारसँग बस्न पाउने छैन, मेरो मृत्युमा परिवारले दागबत्ती दिन पाउनेछैन, मेरो मृत्यु भइहालेमा मेरो परिवारको बिचल्ली हुनेछ, मेरो सबै परिवार संक्रमित हुनेछ र उनीहरुले पाउने उपचार र ब्यबहारको केहि भरोसा हुनेछैन, आज मैले काम गरेको अस्पताल र साथीहरु नै मलाइ टाढा लखेट्न रुचाउनेछन। रोग निको पार्ने मैले हजारौ निर्दोस मनिसलाइ महामारी दिनेछु। त्यो दिन मेरो पिडामा सहानुभुति दिने आज मैले निको पारेको बिरामीसम्म पनि हुनेछैन। कर्तव्यको नाम दिएर लापरबाही गरेर मेरो ज्यान र परिवार नास्ने अधिकार कसैलाइ छैन चाहे त्यो जो सुकै किन नहोस ।
त्यसैले स्वास्थ्यकर्मीको सुरक्षा भनेको नै बिरामीको सुरक्षा र समग्र देशको सुरक्षा हो।
धन्यवाद

Comments

Popular posts from this blog

कहिले सकिन्छ त कोरोना कहर?

डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

दयनीय नेपाली स्वास्थ्य पत्रकारिता

डा सन्देश दाहाल पत्रकारिता देशको चौथो ‍अंग हो भनिन्छ, किनभने यसले सहि समाचारले जनतालाइ सुसुचित गर्ने गर्दछ। पत्रकारितामा एकदम ठुलो शक्ति पनि हुन्छ किनभने यसको पहुँच ठुलो-सानो, गारिब-धनि, सुगम-दुरगम लगायत देश बिदेशमा हुन्छ। आज त झन इन्टरनेट पत्रकारिताले गर्दा संसार नै एक गाउँ जस्तो भएको छ। जुन कुरा जति व्यापक बन्दै जान्छ, त्यो कुरा त्यति नै परिष्कृत र स्तरीय हुन आवश्यक छ। नेपालको संस्कारमा नै कामचलाउ भए सबै चल्छ भन्ने कुरा यति ब्यापक छ कि पत्रकारिता पनि त्यसको उदाहरण हो। पत्रकारितामा पनि शुद्द प्राबिधिक बिषयमा समाचार सम्प्रेषण गर्नु भनेको धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको बिषयमा त झन ज्यादा सम्बेदनशील हुन जरुरी हुन्छ, जुन कुरालाई आजको मिडियाले नजरान्दाज गरेको देखिन्छ। यो लेख लेखिरहँदा आज २०७६।११।१० को रातोपाटीमा एक लेख आएको छ, “विवाहको प्रलोभनमा तीन बर्षदेखि आफ्नै सहकर्मीलाइ जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ।” समाचारको मुख्य लेखमा चाहिँ त्यो डाक्टर भनेको व्यक्ति अहेब लेखिएको छ। अव यस्तो गलत समाचारको दुइ अर्थ लाग्छ, कि त पत्रकार लगाय...