Posts

झारफुके उपचारले हाम्रो स्वास्थ्यमा पारेको असर

Image
डा सन्देश दाहाल                             नेपालमा कोरोनाले मृत्यु भएको मानिसको अंग बेचबिखन हुन्छ भनेर मानिसमा भ्रम पैदा गरेको एउटा मानिस पक्राउ भएपछि उसको बारेमा अनुसन्धान हुँदा थाहा भयो, उसले केही पढेको जानेको छैन तर आफुलाइ डाक्टर भनेर ‘अन्तिम बिकल्प’ नामको क्लिनिक खोलेर धेरैलाइ क्यान्सर र एचआइभी निको पार्ने भनेर ठगी गरिरहेको रहेछ नेपालको राजधानीमै र उसकोमा मानिसहरु टोकन लिएर बसिरहेका रहेछन ठगिनको लागि। मलाइ याद छ, यो मानिसले एउटा युट्युब अन्तरवार्तामा आफुलाइ ‘भगवानले सपनामा क्यान्सर र एचआइभी निको मार्न सिकाएको’ भनेर दावी गरेको थियो। आजको इन्टरनेट युगमा पत्रकार, र पढेलेखेका शिक्षकहरु पनि तथ्य नखोजी र नबुझी उसको कुरा सामाजिक संजालमा शेयर गरेका छन। उसको काम न त सरकारले अनुगमन गरेको छ न त मानिसहरुले उसको बारेमा तथ्य बुझ्ने कोसिस नै गरेका छन्। मानिसहरुको यो हदसम्मको दयनीय चेतनालाइ केही हदसम्म चिर्न यो लेख पुन शेयर गरेको छु। यो लेख पुरानो नै हो, मैले ३-४ बर्ष अगाडी लेखेको। यसको सान्दर्भिकता आज झन ज्यादा भएको जस्त...

Surgical Site Infections due to Non-Tuberculous Mycobacteria

Image
  JNMA J Nepal Med Assoc .  Mar-Apr 2018;56(211):696-700. Rohit Prasad Yadav   1 ,  Bashudev Baskota   1 ,  Rabin Ratna Ranjitkar   1 ,  Sandesh Dahal   1 PMID:  30381768 Abstract Introduction:  Non-tuberculous Mycobacteria are increasingly recognized, nowadays as an important pathogen in delayed surgical site infection in post operative cases. We here in describe cases of surgical site infection caused by Non-tuberculous Mycobacteria, seen in two centers in Jhapa. The aim of the study was to increase awareness of this atypical mycobacterial infection, prompt diagnosis, and treatment that may ultimately provide better care to patients. Methods:  Forty four patients underwent different kinds of operations in two different private hospitals in Jhapa district of Nepal. All patients were presented with painful, draining subcutaneous nodules at the infection sites. Repeated aspiration of abscess, incision and drainage of the wound w...

Study of factors associated with waiting time for patients undergoing emergency surgery in a tertiary care centre in Nepal.

Image
  Home   / Archives   /   Vol 1 No 1 (2014): The Inaugural Issue   /   Original Article Subhash Prasad Acharya Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Dinesh Dharel Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Smrity Upadhyaya Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Nabin Khanal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Sandesh Dahal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Sumit Dahal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Karmapath Aryal Tribhuvan University Teaching Hospital, Institute of Medicine, Maharajgunj, Kathmandu Keywords:  Delaying Factors, Emergency surgery, waiting times Abstract Background: Emergency surgeries throughout the world are demanding earlier surgical times. In a ...

त्रिशुलीपारीका सात दिन

Image
Dr Sandesh Dahal  IOM, TUTeaching Hospital जीवनको प्रारुपहरुको दृष्टि र मूल्याङ्कन गर्न अनुभव नै गर्नपर्छ भनेर हामीले सनेका थियौँ, त्यसैले अरुभन्दा पृथक यौटा यात्रा कल्पेका थियौँ। हामीले –म सन्देश, दिनेश, विदुर र रघु, धादिङको त्यो प्रकाशको अनुभव गर्न जसमा अन्धकारको त्यो सुगन्ध आओस जुन हामीले केबल सुनेका मात्र छौँ, भागेको छैनौँ। यात्रा शुरु भयो यहिँ होस्टेलबाट। म, विदुर र दिनेशले सामान प्याक गर्यौँ र फोन गर्न लाग्यौँ। धेरै समय लागेन किनभने हामीसँग उत्सुकताबाहेक लागु नै के थियो र? उत्साहका दुईचार ज्वार, प्राथमिक उपचारका केही सामाग्री र विद्यालय स्वास्थ्य कार्यक्रमका निम्ति केही प्रचार सामाग्रीहरु थिए हामी चारसँग। यो भ्रमणसँग हाम्रा आ–आफ्ना महत्वकाँक्षा थिए। स्वभावतः दिनेश धेरै गम्भीर थियो, किनभने यो उसका जिल्ला थियो, यसको यसको विकटतालाई चुनौतीको रुपमा स्वीकारगर्दै यसको पीडामा जडीबुटी घस्नु थियो उसलाई। हामीलाई पहाड घुम्नु थियो, अनुभव लिनु थियो र प्राथमिक उपचार सिकाएर आफूलाई अलि कन्फिडेन्ट बनाउनु थियो। आ–आफ्नो समान लिएर हामी निस्कियौँं, रघसँग बालाजुमै भेटगर्नु थियो। होस्टेलमा अर्कै यात...

मानिसहरु भ्रम वा षड्यन्त्र सिद्दान्त (conspiracy theory) मा किन विश्वास गर्छन्?

Image
https://swasthyakhabar.com/story/35061 मानिसहरु सधैँ सत्य कुरामा विस्वास गर्दैनन्। कति मानिसहरुलाइ सत्य कुरा थाहा नभएर भ्रममा विस्वास गर्दछन। कति मानिसहरु सत्य कुराको जानकारी भएर पनि बिभिन्न कारणले भ्रममा बिस्वास गर्दछन। बिशेष गरी आम मानिस संकटमा भएको बेला जस्तो महामारी, युद्द, ठुलो सामाजिक आपराधिक घटना आदि जस्ता बेलामा भ्रम फिँजाउने र भ्रममा विश्वास गर्ने कुरा ब्यापक हुनजान्छ। आजकल सोसियल मिडिया आम मानिसको हात हातमा भएको बेला यो कुरा फिँजाउन झन सजिलो भएको छ। के हो त षडयन्त्र सिद्दान्त (Conspiracy theory) कुनै घटनाको सम्भावित कारणको जानकारी र यथेष्ट प्रमाण हुँदाहुँदै पनि उक्त घटना कुनै अन्जान ठुलो वा शक्तिशाली समुहले बिशेशः त राजनैतिक उद्देश्यका कारण षडयन्त्रपुर्बक गरायो होला भनेर ब्याख्या गरिने सिद्दान्त नै षडयन्त्र सिद्दान्त हो। उदाहरणका लागि सडकमा दुर्घटना भएर एक युवाको मृत्यु भयो। अब त्यो मृत्यु भएको युवाले दुर्घटनाको बेला रक्सी सेवन गरेको पनि देखियो, र ज्यादा स्पीडमा सवारी गलत साइडमा हाँकेको पनि थाहा लाग्यो।   तर ऊ चाहिँ सम्बन्धित ठाउँको ठुलो मानिसको छोरा रहेछ भने, अब उस...

कोरोना टेस्ट कसरी गरिन्छ ?

Image
यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ। केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने) १. शंकास्पद संक्रमित (suspect case) - स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको। वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको, वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको २. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको...

कहिले सकिन्छ त कोरोना कहर?

Image
डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...