Posts

कोरोना टेस्ट कसरी गरिन्छ ?

Image
यो लेखमा भएका सबै तथ्यहरु बिश्व स्वास्थ्य संगठनको (WHO) अन्तरिम निर्देशिकाबाट लिइएका हुन। COVID-19 को बारेमा सबै तथ्यहरु थाहा नभइसकेको अवस्थामा यसमा भएका कतिपय कुराहरु पहिले भएको कोरोना संक्रमण सार्स (SARS) र मर्सको (MERS) अनुभवको आधारमा लेखिएको भनेर जनाइएको छ। केहि परिभाषाहरु, (पहिलो र दोस्रो दुबै शर्त पुरा हुनुपर्ने) १. शंकास्पद संक्रमित (suspect case) - स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमण भएको भुभागमा बस्ने वा गत १४ दिनभित्र यस्तो कुनै भुभागमा भ्रमण गरेको। वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि र (and) संक्रमित वा शंकास्पद बिरामीको सम्पर्कमा भएको, वा, स्वासप्रस्वासको रोगको लक्षण भएको जस्तै ज्वरो, खोकी वा स्वास फेर्न गार्हो भएको आदि जसलाइ अस्पतालमा राखेर उपचार गर्नुपर्ने छ र (and) उसको लक्षण अन्य रोगको कारणले भएको जस्तो नभएको २. सम्भावित संक्रमित (probable case) शंकास्पद बिरामी जसको कोरोना परिक्षणको रिपोर्ट आएको छैन, वा शंकास्पद बिरामी जसको...

कहिले सकिन्छ त कोरोना कहर?

Image
डा सन्देश दाहाल  कोरोना लकडाउनके विश्व नै डामाडोल भएको बेला सबैको मनमा आउने एउटै सवाल छ, यो कोरोना कहर कहिले सकिएर संसार फेरी पुरानै लयमा फर्किन्छ? यो प्रश्न आजको दिनसम्म संसारका बैज्ञानिकले दिन नसकेको सबभन्दा कठिन प्रस्न भएको छ ।  कोरोनाको बारेमा यसको मोटामोटी कुरा थाहा नपाउने सायद कोही होला आजको दिनमा। आवस्यक कुरा मात्र उल्लेख गर्छु आज। कोरोना भाइरसले आजसम्म तीन पटक महामारीको रुप धारण गरेको छ। सन् २००३ मा SARS (severe acute respiratory distress syndrome) जुन चीनबाट सुरु भएर संसारको २६ देशमा फैलिएको थियो, जसले करीब ८ हजार मानिसलाइ संक्रमित गरेको थियो, र करिब ८ सयले ज्यान गुमाएका थिए। कोरोनाको अर्को महामारी २०१२ मा साउदी अरबियाबाट सुरु भएको थियो, जसलाए MERS (Middle east Respiratory syndrome) को नामले चिनिन्छ। ८०% संक्रमण साउदी अरबियामै भएको यो महामारीले करिब २५ सयलाइ संक्रमण गरेको थियो, र कारिब ८०० हाराहारीले ज्यान गुमाएका थिए।  २०१९ को यो महामारी गराउने यो भाइरसलाइ SARS- CoV 2 र COVID-19 नाम दिइएको छ। यसले अहिलेसम्म (यो लेख लेख्दासम्म) संसार...

Welcome

Image
Nepal is developing nation, and hence the issues related to healthcare are multiple and varied. Clinicians or non clinicians, without addressing all the relevant dimensions, are not going to help for holistic management of any issues related to health. This holds more true when there is huge shortage in the delivery of  healthcare to the general population from the state and there is huge discrepency between services provided by different government and private sector health care providers, which entirely differ in quality, cost and accessibility of health care they provide. This forum aims for exchange of experiences and ideas for betterment. We should always be open for sharing my ideas and getting each others' feedback and e xpecting each other's support and creative comments. The views and opinion in this forum may be personal, and should not necessarily accord the opinion of every people. Things can be debated upon, and opinions can be varied.  Multiple...

झारफुके र नक्कली उपचारकर्मीले कसरी लाँदैछन् मानिसलाइ मृत्युको मुखमा

Image
डा सन्देश दाहाल सानैदेखि भगवान र भूतको कथामा रमाउने समाजको हिस्सा भएर होला , चमत्कारमा हाम्रो अलि ज्यादा विश्वास छ , वास्तविकता भन्दा। तेसैले आजक दिनमा पनि कयौं मानिसहरु छन् जो डाक्टरको सट्टा धतुरोको फुल मुखमा च्यापेर त्यसलाई पानीमा फुकेर दाँतको किरा झारेको भन्ने , पानीमा लुकाएर बेसार मिसाएर जन्डिस झारेको भन्ने बाबा बैद्य , आदिजस्ता ठगहरुको बिश्वास गर्ने गर्छन। हुन त आयुर्बेद वा झारफुकको नाममा मात्र ठगि हुदैन , औषधि पसलेका नाममा पनि ठगिन्छन मान्छे। छालाभित्र बोसो ( lipoma) भएको बिरामीलाई ३ महिना एन्टीबायोटिक दिएको नि धेरै देख्या छ। तर पनि मान्छेहरु जान्छन त्यस्ता ठगहरुकोमा। त्यसमा विभिन्न कुराको दोस छ , कमजोर जनचेतना , ठग मनोवृति , सरकारी उदासीनता आदि त छदै छन्। बिरामीको यस्तो आचरणमा हामी अस्पताल वा चिकित्सामा प्रत्यक्ष परोक्ष सरोकार राख्ने सबै दोसी छौं। बिरामीसंग झर्किने क्रम टिकट काउन्टरबाट सुरु भएर , सम्पूर्ण उपचार पद्दति देखि डिस्चार्ज काउन्टरसम्म चलिरहन्छ। टेस्टको महंगी , रिपोर्ट ढिलो आदिजस्ता कारणले मानिसहरु अति नै नभई अस्पताल जान चाहदैनन्। खैर यी सबै सुधार हुदै जालान।   ...

चिकित्सकलाई कस्न बनाइएको कानुन र यसले पर्ने असरहरु

Image
डा. सन्देश दाहाल अहिले बजारमा खुब चर्चामा छ मुलुकी ऐन प्रतिस्थापन बिधेयक! यसमा लेखिएको छ, “कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।“ सरसर्ती हेर्दा ठिकै छ! लापरबाही वा हेलचेक्र्याईं गर्नेलाई सजाय ठिकै छ! तर यसमा कुरा यति सतही छैन! लापरबाही वा हेलचेक्राई भनेको के हो? कुन अवस्थामा लापरबाही हुन्छ भनेर कसले ब्याख्या गर्ने? अनि लापरबाही, भवितव्य, र जटिलता भनेको एकै हुन् कि फरक, त्यो पनि सबैले बुझ्न जरुरि छ!  चिकित्सकीय अभ्यासमा डाक्टरले बिरामीलाई अनावस्यक कुनै कुरा गरेर वा गर्नुपर्ने आवस्यक कुरा नगरेर बिरामीलाई भौतिक वा मानसिक क्षति भएको छ भने त्यसलाई लापरबाही भनिन्छ! लापरबाहीलाई उपचार पद्दतिमा ज्ञान भएको बिज्ञको समुहले प्रमाणित गरेमा लापरबाहीमा कारबाही गर्न मिल्छ र गर्ने पर्छ पनि! तर यो प्राव...

पत्रिकामा डाक्टरको समाचार: भ्रम कि यथार्थ?

Image
डा सन्देश दाहाल काठमाडौँमा बज्ने सबै एफ एम र प्रमुख टिभीमा बज्ने एक बिज्ञापन बजिरहन्छ, सायद सबैले सुनेको हुनुपर्ने हो। पाइल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ, फलानो क्लिनिक, फलानो डाक्टर। यी प्रचार सुन्दा मलाई सधैं नै आश्चर्य लाग्थ्यो, लाग्छ। पित्तनलीमा क्यान्सर भएको दुइ महिला यस्तै विज्ञापनको भर परेर अकालमा ज्यान गुमाउन बाध्य भए एक हप्तामा मैले नै हेरेको वार्डमा। यस बिषयमा मैले एउटा आर्टिकल पनि लेखेको छु। मलाई यकिन नै छ, यस्ता विज्ञापनको भ्रममा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यानसम्म गुमाउने असंख्य नै छन्।  बैकल्पिक उपचार गर्छु भन्न पाइन्छ। डाक्टरको आचारसंहिताले उसलाई सहि उपचार गरेपनि बिज्ञापन गर्न रोकेको छ। यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरुको त आचारसंहिता छैन, त्यसमा कुनै दुइमत छैन। मिडिया हाउस वा पत्रकार जगत त राज्यको चौथो अंग भन्छन। बिज्ञापनको पैसा पाए, त्यसको लागि जे पनि बजाउन, प्रचार गर्न मिल्ने हो र? काठमाडौँमा यसरि प्रचार गरेका धेरै अबैध संस्था गैरकानुनी प्रमाणित भएका छन्। विज्ञापन गर्ने संस्थाको बैधता नै पुस्टि नभई यसरी बिज्ञापन हुँदा जनतामा के ...

कोरोना संक्रमण : हामीले के बुझ्ने र के गर्ने?

Image
डा सन्देश दाहाल  कोरोनाको बारेमा समग्रमा भन्दाखेरी यसलाइ “सामान्य रुघाखोकि” भनेर सुरुमा हल्का टिप्प्णी गरेको देशले अहिले संकट्काल लगाएर पनि नियंत्रण गर्न नसक्ने अवस्थामा पुगेर ठुलो जनधनको क्षति बेहोरेर ठुलो मुल्य चुकाउनु परेको छ। यसबाट थाहा हुन्छ कि यो कुन तहको घातक छ भन्ने। छिमेकि चीनबाट सुरु भएको कोरोना नेपालमा यति ढिलोमात्र देखिनु भनेको हाम्रोलागी तयारीको ठुलो अवसर हुंनसक्थ्यो। तर समयमा सोच्न नसक्ने वा परिस्थितिको गम्भिर्यता बुझ्न नसक्ने देशमा अब ठुलै दुर्घट्ना नहोला भन्न सकिने अवस्था रहेन। कोरोना रोगको बारेमा सामान्य जानकारी!  यो एक प्रकारको आरएनए भाइरसले हुन्छ।  खोक्दा र हाच्छयु गर्दा एक मानिसबाट अरुलाइ सर्छ।  शरिरबाट निस्केको भाइरस तिन दिनसम्म घरको बिभिन्न भागमा हुनसक्छ! जस्तै कपडा, ढोकाको चुकुल वा सांचो आदि।  कोही मानिस संक्रमित भएको 14 दिनसम्म लक्षण नदेखिन सक्छ, यो अवस्थामा संक्रमितले थाहा नपाइ आफ्नो वरिपरि घर र छर-छिमेकमा अरुलाइ रोग सारिरहेको हुन्छ।  यसका लक्षणहरु भनेको सुक्खा खोकि लाग्ने, ज्वरो आउने, स्वास फेर्न गार्हो हुने...